दलित सरोकार मञ्चद्धारा राम हत्या घटनाको दोषीलाई कार्यवाही गर्न माँग

  • असार ३१, २0७७
  • 0
...

कञ्चनपुर,असार ३१ गते । सप्तरीको शम्भुनाथ नगरपालिका ३ का ४५ वर्षीय त्रिभुवन रामको हत्याका घटनामा संलग्नलाई कार्यवाही गनृ दलित सरोकार मञ्च नेपालले माँग गरेको छ ।

मञ्चका अध्यक्ष युक्तिलाल मरिकले बुधबार एक विज्ञप्ति जारी गर्दै घटनाको घोर भ्रत्सना गर्दै संलग्न सबैलाई कानुनी दायरामा ल्याई कानुन बमोजिम हदैसम्मको कानुनी कार्वाहीको गर्न माग गरेका छन् । गत असार २९ गते मोही जग्गा सम्बन्धी बिबादबार छलफल पश्चात घर हिडेका राम सोही दिनदेखी वेपत्ता पारिएकोमा सोही पालिकाको वडा नम्बर ४ स्थित मुतनी खोलामा बुधबार हत्या गरिएको अवस्थामा रामको शव फेला परेको हो ।

‘नियमअनुसार आपूmले पाउनु पर्ने मोहयानी हकका लागि कानुनी लडाई लडेपछि प्राप्त जग्गा भोगको लागि जग्गाधनीसँग बिबाद रहेको थियो । गत  २९ गते साँझ घरबाट निस्केपछि नफर्किएकाले परिवारले असार ३० गते प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए । एकान्त धानखेत नजिक नदीमा भेटिएको शवको निधारमा चोट समेत देखिएको प्रहरीले जनाई सकेको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ,‘गएको महिना धनुषको सबैलाका शम्भु सदाको प्रहरी हिरासतमै भएको हत्या,रुपेन्देहीको अंिगरा पासीको हत्या,धनुषका हंसपुर नगरपालिकाका राजु सदाको क्वारेन्टाइनमा उपचार नपाएर भएको मृत्यु र अन्तर जातीय प्रेम सम्बन्धका कारण रुकुम पश्चिममा भएको नरसंहारको विरुद्ध दाङका दलितहरु पनि आन्दोलित रहेकै बेला पुन : सप्तरीका त्रिभुवन रामको हत्याले दलित समुदायलाई थप आक्रोशित बनाएको छ ।’ 

अहिलेको प्रतिकुल अवस्थामा दलित समुदाय माथि भइरहेको श्रृख्लाबद्ध हत्या,बलात्कार र उठीवास लगायतका क्रुर र अमानवीय घटनाको सत्यतथ्य छानविन गर्न सरकारलाई जोडदार रुपमा माँग गर्दै  भनिएको छ,‘पीडित परिवारलाई कानुनी राज्यको अनुभुति दिलाउन सम्वन्धित निकायको ध्यानाकर्षण गराँउन चाहन्छौं । दलित समुदायमाथि भइरहेको श्रृखलाबद्ध हत्या र हिंसामा पिडीतले न्याय नपाए,चलिररहेको आन्दोलनलाई थप सशक्त बनाउन हामी बाध्य हुनेछौं । ’

प्रतिक्रिया