कञ्चनरुप नपा २मा आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन, ‘६ महिनाभित्र स्वास्थ्यमा देखिने गरी नमूना काम हुन्छ ’ : नगरप्रमुख मिश्र

  • श्रावण १, २0७७
  • 0
...

राजकुमार साह
कञ्चनपुर,साउन १ गते ।
स्वास्थ्य संस्था विहीन कञ्चनरुप नगरपालिका–२ बरमझियामा बिहीबार आधारभूत स्वास्थ्य केन्द्रको एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।
कञ्चनरुप नगरपालिका प्रमुख वसन्तकुमार मिश्र र उप–प्रमुख निरु पोखरेलले संयुक्त रुपमा स्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन् ।  

कञ्चनरुप नगरपालिकाको वडा नम्बर २ र ९ मा कुनै पनि अधारभूत स्वास्थ्य संस्था रहेका थिएन । वडा नम्बर २मा घर भाडा लिएर स्वास्थ्य केन्द्र संचालनमा ल्याइएको हो । गत आर्थिक वर्षमै संचालन गर्नुपर्ने केन्द्र चालु आर्थिक वर्षको पहिलो दिनबाट संचालनमा आएको छ । उद्घाटन कार्यक्रममा बोल्दै कञ्चनरुप नगरपालिका प्रमुख वसन्तकुमार मिश्रले आपूmहरुकै कार्यकालमा स्वास्थ्य केन्द्रको भवन निमार्ण गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘ ६ महिनाभित्र स्वास्थ्यमा देखिने गरी नमूना काम हुन्छ ।’ नगरप्रमुख मिश्रले भने,‘ अहिलेसम्म नगरबासी कोरानाभाइरसबाट सुरक्षित रहेको छ । दुई जनामा मात्रै संक्रमण देखिएको छ ।’ 

नगरप्रमुख मिश्रले नगरपालिकाले हात्ति नियन्त्रण, स्वास्थ्य र शिक्षालाई प्राथमिता राखेर काम गरिरहेको बताए । कार्यक्रममा उप–प्रमुख निरु पोखरेलले स्थानीयहरुले स्वास्थ्य केन्द्रका लागि ३ कठा जग्गा उपलब्ध गराउन सके अगामी बर्षदेखी नै नगरपालिकाले भवन निमार्णका लागि बजेट विनयोजन गर्ने बताइन् । स्वास्थ्य केन्द्रलाई सबैले माया र संरक्षण गर्नु पर्ने भन्दै उप–प्रमुख पोखरेलले आजबाट वडा नम्बर २का नागरिकले आधारभूत स्वाथ्य सम्बन्धी सेवा पाउने बताइन् ।

वडा नम्बर २का वडाअध्यक्ष मेहदी हुसैनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाअध्यक्ष करिम शेख,सत्यनारायण साह,दिलीप चौधरी,जिब्रिल मिया,राजकुमार साह,देवी वहादुर खत्री र कार्यपालिका सदस्य निरंजन साह लगायतका उपस्थिती रहेको थियो । कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका प्रमुख डाक्टर संजीव झाले नगरपालिकाको स्वास्थ्य अवस्थाबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा सहभागीहरुलाई कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखाका सह–संयोजक डम्बर प्रसाद गुप्ताले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने संचालन वडा नम्बर २का कर्मचारी दलबहादुरले गरेका थिए । बिहीबार नै  कञ्चनरुप नगरपालिका –७ मा संचालित धरमपुर आयुर्वेद औषधालय धरमपुरको नवनिर्मित भवनको उद्घाटन सम्पन्न भएको छ ।

प्रतिक्रिया