कञ्चनपुर,साउन २ गते । संस्थागत विद्यालयको छाता संगठनहरुले विद्यालय बन्द अबधिभर घर–वहाल तथा शिक्षक,कर्मचारीहरुको तलब भत्ताका व्यवस्था राज्य पक्षले गर्नु पर्ने माग गरेका छन्।
संस्थागत बिद्यालयका छाता संगठनहरुले शुक्रबार जिल्ला प्रशासन कार्यलय सप्तरीलाई सामुहिक रुपमा ज्ञापन पत्र बुझाउँदै सो माग गरेका हुन् । सप्तरी प्याब्सनका अध्यक्ष देवानन्द चौधरी,एन प्याब्सनका अध्यक्ष नरेश प्रताप साह र नेपाल प्याब्सनका अध्यक्ष दिनेश कुमार यादबले संयुत्तल रुपमा ज्ञापन पत्र बुझाउँदै सो माग गरेका हुन् ।
संस्थागत विद्यालयहरुले विद्यालय संचालनको लागि राज्य पक्षले आवश्यक वातारण सिर्जना गर्नुपर्ने, विद्यालय बन्द अबधिभर घर–वहाल तथा शिक्षक,कर्मचारीहरुको तलब भत्ताका व्यवस्था राज्य पक्षले गर्नुपर्ने,बैंकबाट लिएको ऋणको व्याज तथा व्यवसायिक कर लगायत अन्य महशूलहरु मिनहा गर्नुपर्ने र विद्यालय सञ्चालनको लागि विना धितो सहुलियत ब्याज दरमा ऋण उपलब्ध गराउनु पर्ने माँग गरेका छन् । संस्थागत विद्यालयका छाता संगठनहले जिल्ला समन्वय समिति,शिक्षा विकाश तथा समन्वय इकाई र १८ ओटै पालिकालाई बोधार्थ दिइएको छ ।
प्रतिक्रिया