कञ्चनपुर,साउन ४ गते । सप्तरीमा संयुक्त दलित संघर्ष समितिले देशभरमा दलित माथि जारी हत्या हिंसाका विरुद्ध प्रर्दशन गर्ने भएको छ । अगामी साउन ५ गते राजविराजको खेलमैदानमा संघष समितिले प्रर्दशन गर्न लागेका हुन् ।
पछिल्लोपटक निर्मम तरिकाले हत्या गरेका सप्तरी शम्भुनाथ नगरपालिका ४, का त्रिभुवन राम र मोरंग बिराटनगर उपमहानगरपालिका १६, का राजेश सदा लगायत तथा शम्भुनाथ नपा ६, खड्क नपा ७, कृष्णसावरण गापा लगायतका विभिन्न ठाउँमा मुसहर समुदायमाथि भएको निर्मम तरिकाको कुटपिट र प्रहरीले मुद्दा दर्ता नलिइरहेको अवस्थालाई मध्यनजर गर्दै दलितहरुले आन्दोलनको तयारी गरेको संयुक्त दलित संर्घष समितिका संयोजक प्रथमलाल रामले बताए बताए ।
सप्तरीका संयुक्त दलित संघर्ष समितिले ५ गते ११ बजे राजविराजको खेलमैदान व्यापक रुपमा जम्माभई त्रिभुवन रामको लाश परिक्रमा गरी सिडियोलाई विभिन्न माग राखी ज्ञापनपत्र बुझाउने र कोणसभा गर्ने निर्णय गरिएको संर्घष समितिका संयोजक प्रथमलाल रामले बताए । गत असार २९ गते मोही जग्गा सम्बन्धी बिबादबार छलफल पश्चात घर हिडेका राम सोही दिनदेखी वेपत्ता पारिएकोमा सोही पालिकाको वडा नम्बर ४ स्थित मुतनी खोलामा बुधबार हत्या गरिएको अवस्थामा रामको शव फेला परेको हो ।
नियमअनुसार आपूmले पाउनु पर्ने मोहयानी हकका लागि कानुनी लडाई लडेपछि प्राप्त जग्गा भोगको लागि जग्गाधनीसँग बिबाद रहेको थियो । गत २९ गते साँझ घरबाट निस्केपछि नफर्किएकाले परिवारले असार ३० गते प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए । एकान्त धानखेत नजिक नदीमा भेटिएको शवको निधारमा चोट समेत देखिएको प्रहरीले जनाई सकेको छ ।
गएको महिना धनुषको सबैलाका शम्भु सदाको प्रहरी हिरासतमै भएको हत्या,रुपेन्देहीको अंगिरा पासीको हत्या,धनुषका हंसपुर नगरपालिकाका राजु सदाको क्वारेन्टाइनमा उपचार नपाएर भएको मृत्यु र अन्तर जातीय प्रेम सम्बन्धका कारण रुकुम पश्चिममा भएको नरसंहारको विरुद्ध दाङका दलितहरु पनि आन्दोलित रहेकै बेला पुन : सप्तरीका त्रिभुवन रामको हत्याले दलित समुदायलाई थप आक्रोशित बनाएको छ ।
अहिलेको प्रतिकुल अवस्थामा दलित समुदाय माथि भइरहेको श्रृख्लाबद्ध हत्या,बलात्कार र उठीवास लगायतका क्रुर र अमानवीय घटनाको सत्यतथ्य छानविन गर्न सरकारलाई दबाव दिन आन्दोलन गर्न दलितहरुले तायरी गरेको हो ।
प्रतिक्रिया