एक हजार रुपैयाकै लागि दलित युवकको अपहरणपछि हत्या, दलित अधिकारकर्मी पिडीतको घरमा

  • श्रावण ४, २0७७
  • 0
...

सिरहा,साउन ४ गते । एक हजार रुपैयाका लागि सिरहाको लहान नगरपालिका १ का १८ वर्षीय रोशन रामको अपहरणपछि हत्या भएको छ । मृतक रामको केहि समय अघि मात्रै विवाह भएको थियो । लकडाउनकै समयमा लागु औषध मुद्दामा रोशन पक्राउ परेका थिए । उनी दशहजार धरौटीमा छुटेका थिए । लहान प्रहरी कारागारमा रहँदा रोशनले मिर्चैया नगरपालिका १ का मुकेश कटुवालसँग एकहजार रुपैया सापटी लिएका थिए ।

थुनाबाट निस्केपछि मुकेश कटुवाल पैसा माग्न रोशनको घरमा आउँथ्यो । रोशन पैसा जोहो गरेर दिन्छु भन्दै आएका थिए । तर, मुकेशले पटकपटक उसको घरमा पुगेर परिवारलाई धम्काउने ज्यान मार्ने जस्ता कुराहरु गर्दै आएका थिए । साउन २७ गते घरबाट बाईकमा चढाएर ससुराली जाउँ भनेर लगे । सोही दिनदेखि बेपत्ता थियो । उनको लाश मिर्चैयाको बतहाखोला नजिक बेबारिसे अवस्थामा प्रहरीले फेला पारेका थिए । त्यसपछि त्यो लाश लहानको अस्पताल शव गृहमा थियो ।

रोशनको बुबा सिपैत मोचीले थाहा पाएपछि आफ्नो छोराको लाश रहेको दावी गरेपछि प्रहरीले लाश बुझाएका थिए । हत्या आरोपमा मिर्चैया १ का मुकेश कटुवाल र जयकुमार यादव पक्राउ परेका छन् । यसैबीच घटनाबारे जानकारी लिन र दोषीलाई कार्यवाहीका लागि दबाब दिन संयुक्त दलित सर्घष समिति धनुषाका संयोजक चन्देश्वर दास र दलित अभियन्ता चन्देश्वर सदा र मनोज पासवानले आईतबार पिडीत परिवारसँग घटनाबारे जानकारी लिएका छन् । संघर्ष समितिका संयोजक चन्देश्वर दासका अनुसार घटनामा संलग्नलाई कार्यवाहीका लागि दबाब दिन आन्दोलनमा रोशन रामको हत्याबारे अवाज उठाउने जनाएको छ ।

प्रतिक्रिया