कञ्चनरुप नपामा ३ सहित सप्तरीमा ३२ कोरोना संक्रमित थपिए,एउटै परिवारका पाँच जनामा संक्रमण

  • श्रावण ४, २0७७
  • 0
...

कञ्चनपुर, साउन ४ गते । सप्तरीमा कोरोना भाइरस संक्रमितको संख्या ३७६ पुगेको छ । आइतबार एकैदिन थप ३२ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि सो संख्या पुगेको हो । 

गत बिहीबार कोरोनाका कारण मृत्यु भएका राजविराज नगरपालिका ६का एकै परिवारमा पाँच जना सहित थप ३२ जनामा संक्रमण भएको हो । उनको सिधा सम्पर्कमा आएको श्रीमति, छोरा, बुहारी, नाती नातिनीसहित परिवारका पाँच जना सदस्यमा कोरोना रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले बताए । ६७, ३६ र ११ वर्षकी तीन महिला र १७ र ४५ वर्षको दुई पुरुष गरी पाँच जना पारिवारिक सदस्यमा कोरोना पुष्टि भएको उनले बताए ।

कञ्चनरुप नगरपालिकामा तीन जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । कञ्चनरुप नगरपालिका हालसम्म ५ जनामा कोरोना पोजेटिभ पाइएको छ । त्यस्तै  खडक नगरपालिकामा छ, सुरुङ्गा नगरपालिकामा सात, बलानबिहुल गाउँपालिका, छिन्नमस्ता गाउँपालिका र राजविराज नगरपालिकामा पाँच÷पाँच र हनुमाननगर कंकालीनी नगरपालिकामा एक जना आइतबार नयाँ संक्रमति थप भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । 

थपिएका संक्रमितहरुको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो । थप भएका संक्रमितहरुमा सात महिला र २५ जना पुरुष रहेका छन । उनीहरु सात वर्ष माथिदेखि ६७ वर्ष मुनि उमेर समूहका रहेको बताए ।  कञ्चनरुप नगरपालिकाको सर्वोदय माबिका क्वारेन्टाइनमा रहेका २ जना पुरुष र वडा नम्बर १ वैरवा स्थित लक्ष्मी नारायण जनता माबि कोरेन्टाइनका एक जना पुरुष रहेका छन् ।

कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाको अनुसार सर्वोदय क्वारेन्टाइनमा कोरोना पोजिटिसँगै बसेका लहान नगरपालिकाको एक जना व्यक्ति पिसिआर टेष्ट नै नगरी गएको थियो । सँगैको साथीमा कोरोना पोजिटिभ देखिएपछि ती व्यक्तिको खोजी गरिएको बताइएको छ ।

प्रतिक्रिया