विकासका नाम जनतालाई सास्ती : कञ्चनरुप–तिरहुत जोड्ने पुल ७ बर्षमा पनि बनेन

  • श्रावण ६, २0७७
  • 0
...

राजकुमार साह

बरमझिया,साउन ५ गते । कंचनरुप नगरपालिका र तिरहुत् गाउँपालिका जोड्ने नदीमा तीन बर्षमा बन्नुपर्ने पुल ७ बर्ष बित्दा पनि बनेको छैन । आर्थिक वर्ष २०७१÷०७२मा देखी पुलको काम सुरु भएर आर्थिक वर्ष २०७३÷०७४मा बनाईसक्नु पर्नेमा आर्थिक वर्ष २०७६÷०७७ सम्मपनि काम पुरा गरेको छैन ।

तोकिएको समयमा पुल नबनेपछि तिरहुत गाउँपालिकाको मैनाकडेरी,धनपुरी गाउँका जनता र कञ्चनरुप नगरपालिका–३ नम्बर वडाका गोरपारका जनतालाई बर्षातमा समस्या भइरहेका छन् । तोकिएको समयभन्दा तीन वर्ष बढी बित्दा पनि पुल नबन्ने स्थिती देखेपछि गत बर्ष स्थानीयहरु आन्दोलनको तयारी गरेका थिए । आन्दोलनको तयारी गरेपछि ठेक्केदारले समुदायसँग बसेर छलफल गर्नुका साथै काम गर्ने प्रतिबद्धता जनाएका थिए । तर गएको आर्थिक बर्षमा समेत काम नगरेपछि बर्षायामा हजारौं जनतालाई मार्का परेको जनता समाजवादी पार्टीका यूवा नेता थापा यादबले बताए ।

बरमझियाबाट पश्चिमभएर तिरहुततर्फ जाने बाटोमा पर्ने सुन्दरीखोलामा सडक डिभिजन लहान कार्यलाय सिरहाबाट ठेक्का पाएका निल गिरी कन्ट्रेसनले तीन वर्षमा बनाउनु पर्ने पुल ७ बर्षमा समेत बनाएको छैन । तीन वर्षमा सम्पन्न हुने कार्य ७ वर्ष बित्न लाग्दासमेत पुलको फाउन्डेसनको कामपनि हुनसकेको छैन । यहाँको सर्वसाधारण जनताहरुले बर्षातको समयमा नदी पार गर्न कष्टकर हुने गरेको यूवा नेता थापा यादबले बताए । ‘

बर्षात महिना बिरामी परेको बेला खोलापार गर्न मान्छेलाई साह«ै कठिनाई हुन्छ ।’ यादबले भने,‘ यस विषयमा पटक पटक सप्तरीका प्रमुख सिडिआलाईलाई फोन गरी गुनासो गरे पनि उहाँहरूले यो विषयमा कुनै किसिमको चासो देखाएको छैन ।’ ठेक्का लगाउने सडक डिभिजन कार्यालय लहानको प्रमुखले समेत जनताहरुले पटक पटक फोन गरे । तर कामले गति लिएको छैन । अहिलेसम्म कुनै किसिम प्रगति देखिएको छैन ।

साइड इन्जिनियरलाई समेत फोन गर्दा आजभोली काम चालू गर्ने भन्दै पन्छिने गरेको स्थानीयहरुको भनाई छ । ठेक्केदार युवराज डाँगीसंग कुरा हुँदा आज भोलि पर्सी भन्दा भन्दै ७ साल बित्दा समेत पनि फाउन्डेसन लेवेलको काम पनि सम्मपन्न हुन सकेको छैन । स्थानीयहरुले भने,‘अब कुनै निकायले ठेकदारलाई कारवाही नगरेकोले बडहरा, बरमझिया, धनपुरी, र गोरपारका जनताहरु सिडियो कार्यालयमा धर्नादिने र घेराउ गर्न बाध्य हुनेछौं । ’

प्रतिक्रिया