कञ्चनपुर, ५ गते । सप्तरीमा सोमबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँच दिनअघि कोरोना संक्रमणबाट मृत्यु भएका राजविराज नगरपालिकाका एक व्यापारीकोमा का मगर्ने कामदारसहित सात जनामा कोरोनामा संक्रमण पुष्टि भएको छ ।
गजेन्द्र नारायण सिंह अस्पतालस्थित पिसिआर परिक्षण प्रयोगशालाबाट प्राप्त परिक्षण रिपोर्टले मृतक परिवारसँग निकट तथा उहाँको पसलमा काम गर्ने राजविराज निवासी ३६ र ३२ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार थपिएका संक्रमितमध्ये राजविराज नगरपालिका १२ का ३६ वर्षिय पुरुष, विष्णुपुर गाउँपालिका ६ का २३ वर्षिय पुरुष, हनुमाननगर कंकालिनी नगरपालिका ४ का ३० वर्षिय पुरुष, सुरुङ्गा नगरपालिका २ का २६ वर्षिय पुरुष र वलान विहुल गाउँपालिका २ का २६ वर्षिय पुरुष रहेका छन् ।
सप्तरीमा कोरोना संक्रमितको संख्या ३ सय ८४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। यसअघि गत बिहीबार कोरोना संक्रमणका कारण मृत्यु भएका एक जनाको परिवारका ५ जना सदस्यमा समेत यस अघि कोरोना पोजेटिभ पुष्टि भएको थियो । पछिल्लो पटक संक्रमण पुष्टि भएका तिनै जनालाई स्थानिय साईकृष्णा अस्पतालको आइसोलेशन कक्षमा राखि उपचार कार्य अघि बढाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए ।
संक्रमण पुष्टि भएकाहरुको परिवारका सदस्य तथा सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान तथा स्वाब संकलन परिक्षण कार्य समेत सुरु गरिएको गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा. रन्जित झाले जानकारी दिएका छन् । यता सोमबार देशभरमा थप एक सय ८६ मा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभरका २७ वटा प्रयोगशालामा चार हजार दुई सय १६ जनाको पिसिआर विधिबाट नमुना परीक्षण गर्दा एक सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसमेत हालसम्म संक्रमित हुनेको संख्या १७ हजार आठ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोे छ ।
प्रतिक्रिया