राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी

  • श्रावण ८, २0७७
  • 0
...

कञ्चनपुर, साउन ७ गते । जिल्ला प्रशासन कार्यलय सप्तरीले बिहीबारदेखी राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ ।
सप्तरीका प्रमुख शंकरहरी आचार्यको संयोजकत्वमा वुधवार वसेको वैठकले राजविराज नगरपालिकामा विहिवार विहान ५ वजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

कोभिड १९को संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण पैmलिन नपदका तथा यसबाट प्रतिकुल प्रभाव पर्न सक्ने कुनै पनि किसिमको गतिबिधि हुन÷गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवा वाहेक अन्य सेवा÷स्थलहरु अनावह्यक आजवत जावत,हिडडुल बिहीबार बिहान ५ बजेदेखी अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन,२०२८को दफा ६(३) र संक्रामक रोग ऐन २०२०को दफा २ बमोजिम राजविराज नगरपालिका भरी नगर्न÷नगराउन हुन  जिल्ला सुरक्षा समितिको बुधबारको वैठकले राजविराजमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

सप्तरीका प्रमेख जिल्ला अधिकारी शंकरहरि आर्चायद्धारा जारी सूचनामा अत्यावश्यक सेवा अन्तर्गतका कार्यहरु समेत तोकिएको बमोजिम स्वास्थ्य सुरक्षा सतर्कता सम्बन्धी मापदण्डहरुको पूर्ण पालना हुनेगरी मात्र गर्न गराउन  सूचनामा उल्लेख छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट सप्तरीमा ४०४ जनामा संक्रमण देखिएको र संक्रमित मध्ये राजविराज नगरपालिका एक जनाको मृत्यु समेत भएको छ । संक्रमणको विस्तारलाई रोक्न तथा सचेतनामूलक र प्रबन्धनात्मक कार्यहरु गर्न जुरुरी छ ।

राजविराजमा ट्राभल हिस्ट्रि नै नभएका ब्यक्तिमा समेत कोरोना संक्रमण देखिन थालेपछि समुदायमा कोरोना नफैलियोस भन्ने उदेश्यले यस्तो निर्णय गरिएको एसपी कृष्ण प्रसाईको भनाई छ ।

प्रतिक्रिया