राजविराज, साउन ७ गते । प्रेस नेपाल, प्रदेश नम्वर २का अध्यक्ष श्यामसुन्दर यादवले बुधबार प्रेश विज्ञप्ति जारी गर्दै राष्ट्रसेवक कर्मचारीले पत्रकार यादवमाथि गरेका हर्कत घोर निन्दनीय रहेको जनाएको छ ।
एभिन्यूज टेलिभिजनका सप्तरी सम्वाददाता बैद्यनाथ यादवलाई राजविराज स्थित कृषी ज्ञान केन्द्रको कार्यालयमा २०७७ साउन ५ गते समाचार संकलनका क्रममा दुव्र्यवहार गर्दै अवरोध पुर्याएको कार्यप्रति प्रेस नेपाल प्रदेश नम्वर २ समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस नेपालका केन्द्रिय सदस्य समेत रहेका पत्रकार यादबलाई कृषी ज्ञान केन्द्रमा सूचना माग गर्दा सूचना समेत नदिई उक्त कार्यालयका बाली संरक्षण अधिकृत दिनेश यादव र अर्का योजना शाखा प्रमुख किसुनदेव राउतले हातपातको प्रयास गर्दै अपशब्द प्रयोग गरेको कार्यको घोर निन्दा एवम् भत्र्सना गर्दछौं ।’ विज्ञत्मिा भनिएको छ,‘ समाचारको विषयलाई लिएर पत्रकारलाई गालीगलौज एवम् दुव्र्यवहार गर्ने जस्ता कार्यले सूचनाको हक समेतलाई कुण्ठित गर्दै कानूनी राज्यको ठाडो उल्लंघन भएको हाम्रो ठहर छ ।’
समाचारको विषयलाई लिएर कसैको चित्त नबुझे त्यसको निरुपणकालागि खण्डन वा कानूनी बाटाहरु समेत प्रशस्त रहँदा रहँदै राष्ट्रसेवक कर्मचारीले पत्रकार यादवमाथि गरेका हर्कत घोर निन्दनीय छ । ‘ समाचार प्रयोजनकालागि तस्विर, भिडियो, जानकारीसहित कुनै पनि किसिमको सूचना संकलनमा बाधा, अड्चन पुर्याई दुव्र्यवहार गर्ने कार्य आईन्दा नदोहोर्याउन चेतावनी दिन चाहन्छौं ।’
विज्ञिप्तिमा भनिएको छ,‘उक्त कार्यमा संलग्न कर्मचारीहरुलाई अविलम्ब कानूनी दायरामा ल्याई हदैसम्मको कार्वाही गर्न स्थानीय प्रशासनसँग जोडदार माग गर्दछौं । दोषीलाई कडा कार्वाही नगरिए प्रेस नेपाल कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनीसमेत यसै प्रेस विज्ञप्तिमार्फत दिन चाहन्छौं ।’
प्रतिक्रिया