कञ्चनपुर,साउन ७ गते । गत जेष्ट ६ गते गरिबीका कारण खान नपाएर ज्यान गुमाएका सप्तरीको कञ्चनरुप नगरपालिका–५ रामपुर पथरीका मलर सदाको मृत्यु भोकका कारण नभएको कञ्चनरुप नगरपालिका प्रमुख वसन्तकुमार मिश्रले दावी गरेको छ ।
नगरप्रमुख मिश्रले मलर सदा भोकले मरेको विषयमा सिफारिस गर्ने कि न गर्ने त्यस विषयमा निर्णय गर्न बुधबार आकस्मिक रुपमा कार्यपालिकाको र्बठक डाकेको थियो । तर कार्यपालिकाले बैठकले कुनै ठोस निर्णय गर्न नसकेको बताइएको छ ।
मलर सदा मरेको अर्को दिन प्रहरीले समेत घटनाबारे बुझेकोले प्रहरीसँग लिखीत रुपमा मलर सदाको परिवारले दिएको बयान माग्ने र त्यसपछि निर्णय गर्ने विषयमा कार्यपालिकामा छलफल भएको एक वडाअध्यक्षले बताए । तर इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी नरेश कुमार सिंहले मृतक सदाको पोष्टमार्डन नभएको र प्रहरीले कुनै निकायमा जानकारी समेत नगराएकोले नगरपालिकाले भनेजस्तै मलर सदा रोगले मरेको लेखेर दिन नसकिने बताए । कोरोना भाइरस (कोभिड–१९)को लकडाउनले गर्दा भूमिहीन मलर सदाको गत जेष्ठमा मृत्यु भएको थियो ।
घटनापछि स्थानीयदेखी राष्ट्रिय मिडियाले स्थलगत रिर्पोटिङ्ग गरेको थियो । मलर सदा लकडाउनअघि काम गर्न विराटनगर गएको तर लकडाउनका कारण काम गरेको पैसा समेत नदिई ठेक्केदारले फर्काएको थियो । कञ्चनरुप नगरपालिकाले लकडाउन भएको झण्डै दुई महिनापछि वडा नम्बर ५मा प्रति परिवार १५ किलो चामल र एक सय २० रुपैया नगद राहत स्वरुप वितरण गरेको थियो ।
मलर सदाको तीन छोरा छुट्टा–छुट्टै बसेपनि एक जनालाई मात्रै राहत वडा कार्यलयले दिएको थियो । कामको खोजीमा जेष्ठ ५ गते घरबाट हिडेका सदा बाटौमै ढलेको खवर पाएपछि परिवार सदस्यहरुले घरमा ल्याएको थियो । तर पैसा अभावमा उपचार गर्न समेत गनृ नसकेपछि ६ गते विहान मलरको मृत्यु भएको थियो । मृतक मलर सदाकी पत्नी जलेश्वरी देवी सदाले यसअघि गत जेष्ठ १४ गते क्रियाखर्च उपलब्ध गराईदिन हुन नगरपालिकामा निवेदन दिएपनि मेरो निवेदन उपर कुनै सुनवाई भएन ।
वडा कार्यलयमा समेत क्रिया खर्चका लागि सिफारिस गर्न जादा वडाअध्यक्षले सिफारिस गर्न मानेन् ।’ नगरपालिकाका प्रमुख र वडाअध्यक्षले भोकको कारण नभई दम्म रोग र रक्सी खाएर मृत्यु भएको भनी लेखेर ल्याएपछि मात्रै क्रिया खर्च उपलब्ध गराउने शर्त राखेपछि मलर सदाका पत्नी सहयोग अस्वीकार गरेका थिए । मलर सदा भोकका कारण मरेको सिफारिस गर्नु पर्ने मााग जनता समाजवादी पार्टीले उठाएपछि कञ्चनरुप नगरपालिकालाई समस्या भएको छ ।
जसपाका निकट दलित संघका अध्यक्ष श्याम सरदारको नेतृत्वमा बुधबार जसपाका क्षेत्रिय संयोजक माधव चौधरी,नगर अध्ययक्ष सुदम्बर यादब,रामदेव मण्डल,चितरंजन यादब,यूवा नेता अनोज यादब,रामेश्वर यादब, रामनारायण सदा लगायतले नगरप्रमुख वसन्त मिश्रसँग भेटेर सिफारिस गर्न आग्रह गरेका थिए ।
प्रतिक्रिया