काग्रेसद्वारा सप्तकोशी नपामा कोरोना भाइरस संक्रमणमा भएको खर्च सार्वजनिक गर्न माग

  • श्रावण ८, २0७७
  • 0
...

कञ्चनपुर,साउन ८ गते । नेपाली काग्रेसको सप्तकोशी नगरकार्य समितिले कोरोना भाइरस(कोभिड–१९) संक्रमणको शुरुदेखी अषाढ मसान्तसम्मको सम्मपूर्ण खर्चको विवरण ७ दिनभित्र उपलब्ध गराउन माँग गरेका छन् ।

नेपाली काग्रेसको सप्तकोशी नगरकार्य समितिका सभापति रमेश कार्कीको नेतृत्वमा बिहीबार नगरप्रमुख उत्तम शर्मा गौत्तमलाई ज्ञापन पत्र बुझाइएको छ । विश्व महामारीको रुप लिएको कोभिड –१९ को माहामारीमा सप्तकोशी नपाले आरडिटी र पिसिआर टेष्ट,क्वारेन्टाइन तथा राहत वितरण लगायतमा भएको खर्चको विवरण माँग गरेका हुन् । 

ज्ञापन पत्रमा आर्थिक  बर्ष २०७६÷०७७को अवधिभर स्वास्थ्य चौकी लगायतको मागमा खरिद गरिएको औषधी तथा स्वास्थ्य सामग्रीको खरिद विवरण समेत उपलब्ध गराउन माँग गरिएको छ ।‘ समाजिक सुरक्षा भत्ता समयमा उपलब्ध नगराएको जनगुनासो समेत रहेकोले आजको मितिले सात दिन भित्र उपलब्ध गराउन नेपाली काग्रेस नगर समिति सादर अनुरोध गर्दछ ।’ ज्ञापन पत्रमा भनिएको छ, ‘तोकिएको समय सिमाभित्र माग गरिएको विवरण उपलब्ध नगराएमा सप्तकोशी नपा बिरुद्ध नेपाली काग्रेस  नगर समिति विरोध कार्यक्रम संचालन गर्न बाध्य हुनेछ ।’

सभापति कार्कीले भने,‘हामीले राजतीतिक रुपमा पनि तीन कार्यकाल केही पनि हेरेनौं,तर अब हामी अव जनताले खोजेको सूचना पाएनौं भने,सडकमा सुत्छौं ।’  नगरप्रमुख उत्तम शर्मा गौत्तमले नगरपालिको हरहिसाब आपूm समेतलाई पूर्ण जानकारी नरहेको र कर्मचारीकै कारण व्यवस्था परिवर्तन भएपनि सुधार नभएको दुःखेसो पोखेको सभापति कार्कीेले बताए ।

जिल्ला प्रशासन कार्यालय सप्तरी, नेपाली कांग्रेस जिल्ला कार्य समिति र नेपाली कांग्रेस विपी स्मृति भवन काठमाण्डौंलाई वोधार्थ दिईएको ज्ञापन पत्रमा सामाजिक सुरक्षा भत्ता समेत समयमा उपलब्ध नगराएको जनगुनासो रहेकाले उक्त विवरण समेत सात दिन भित्र उपलब्ध गराउन माग गरिएको छ ।

प्रतिक्रिया