प्रदेश सरकारद्धारा चालु आर्थिक बर्षका लागि कञ्चनरुपमा एक करोड १५ लाख रकम विनयोजन

  • श्रावण ९, २0७७
  • 0
...

राजकुमार साह 
बरमझिया,साउन ८ गते ।
आर्थिक वर्ष २०७७÷०७८मा प्रदेश सरकारले कञ्चनरुप नगरपालिकाको ६ ओटा योजनामा एक करोड १५ लाख रकम विनयोजन गरेको छ ।

आर्थिक वर्ष २०७७÷०७८को बार्षिक कार्यक्रम( रेड बुक)अनुसार कञ्चनरुप नगरपालिका–२ स्थित  भगवती काली मन्दिर र धर्मशाला निर्माणक लागि ३५ लाख, वडा नम्बर १२ स्थित भुवनटोल रामजी भगवान मन्दिर पुर्वाधार निर्माणमा २० लाख, वडा नम्बर ३ स्थित  सुब्बापोखरी डील देखि पश्चिम सुरेन्द्र चौधरीको घर हुदै लालबहादुर चौधरीको घर र बच्चा देवी चौधरकिो घरको बिच बाटोको पुर्व १४ मिटरसम्म जोडने मेन बाटो सम्म ४ मिटर चौडाई हुने गरि ग्राभेल सडक निर्माणमा २० लाख, पौडा सिचाई योजनामा १० लाख, वडा नम्बर १२ स्थित पञ्चकन्या मन्दिर परिसरमा सामुदायिक भवन निर्माणमा २० लाख र वडा नम्बर १२ स्थित बस्तीपुर बाहुन टोलमा राजाजी मन्दिरको पुर्ण निर्माणमा १० लाख बजेट बिनयोजन गरिएको छ । विनयोजित ६ योजनामध्ये ४ ओटा योजना वडा नम्बर १२कै रहेको छ ।

प्रतिक्रिया