एक वर्ष नबित्दै भत्किन थाल्यो कञ्चनरुप–२ बरमझियामा निर्मित छठ घाट

  • श्रावण ११, २0७७
  • 0
...

राजकुमार साह
बरमझिया,साउन ११ गते ।
कञ्चनरुप नगरपालिका २ बरमझियामा  गत आर्थिक बर्षमा निमार्ण भएको छठ घाट भत्किन थालेको छ । घाट निमार्ण गुणस्तरहीन भएकाले वर्ष दिन नबित्दै भत्किन थालेका छन् ।

आर्थिक वर्ष २०७५÷०७६मा संसदीय बिकास कोषको बजेटबाट  छठ घाट निर्माण कार्य भएको थियो । गुणस्तरहीन काम भएकाले निर्माण भएको एक साता नबित्दै छठ घाट चर्किन सुरु भइसकेको थियो । तर राजनीतिक पहुँच र कमिशनको चक्करले सबै रकम भुक्तानी पायो । जनता समाजवादी पार्टीका नेता मुना शेखका अनुसार ढलान गर्दा ८ भागमा बालुवामा एक भाग सिमेन्ट दिएकोले निर्माण सम्पन्न भएको केही समयपछि नै चर्किन लागेको थियो ।

उपभोक्ता समितिदेखी सांसदसम्म कमशिनको खेलले गुणस्तरहीन काम भएपनि भुक्तानी पाएको नेता शेखको भनाई छ । १५ लाखको लगानीमा निर्माण कार्य गर्नका लागि उपभोक्ता समिति गठन भएको थियो । निर्माण कार्य उक्त आर्थिक  बर्षको असार मसान्तमा सम्पन भएको थियो । काम सम्पन्न भएपछि गत साउन महिनाको पहिलो हप्ता वडा नम्बर–२का वडा अध्यक्ष मेहदी हुसेन लगायतको टीमले अनुगमन  गरेको थियो  ।

अनुगमनकै बेला नवनिर्मित छठ घाट चर्की सकेको थियो । वडा अध्यक्ष हुसेनले उपभोक्ता समितिलाई ठेक्केदारको केही रकम रोकी राख्न निर्देशन दिएपनि त्यो निर्देशन पालना नभएको बताए ।
वडाअध्यक्ष हुसैनले भने,‘ मैले सबै रकम नदिनु गुणस्तरहीन  काम भएको छ भनेको थिए तर त्यो निर्देशन पालना भएन ।’  उपभोक्ता समितिले गर्नुपर्ने काम कमिशन लिएर ठेक्केदारलाई गर्न दिएको थियो । केही समय अघि सम्पन्न नगरपालिकाको चौथो नगरसभामा कञ्चनरुप नगरपालिका प्रमुख वसन्तकुमार मिश्रले नगरमा भएको सबै काम ठोस भएका दावी गरेका थिए ।

प्रतिक्रिया