कञ्चनपुरको हाट चन्द्रनहरको डिलमा,सर्वसाधरणलाई सास्ती

  • श्रावण ११, २0७७
  • 0
...

किशोर पासवान
कञ्चनपुर,साउन ११ गते ।
लकडाउन हटेपनि भौतिह दुरी कायम गर्दै सर्तकता अपनाउन सरकारले सन्देश प्रवाह गरीरहेको छ तर कञ्चनपुरमा चन्द्रनहरको डिलमा हाट लाग्न थालेपछि  र्वसाधरणलाई सास्ती भोग्नु परिरहेका छन् । चन्द्रनहरको सानो डिलमा हाट लाग्न थालेपछि भिडभाड झन बढी हुने गरेका छन् । कञ्चनरुप नगरपालिका ८ कञ्चनपुर स्थित चन्द्रनहरको बाटोमा हाट लगाउने गरेकोले गर्दा सर्वसाधारण तथा सवारी साधनहरुलाई आवत जावतमा समस्या भइरहेको छ ।

कञ्चनरुप नगरपालिकाले कोभिड १९ कोरोना भाईरसका कारणले गर्दा हटिया लगाउन बन्द गरेका थिए । तर नगरपालिकाले एक डेढ महिनादेखि हटिया लाग्ने ठाउँ हुदा हुदै पनी कार्यालयको अगाडि चन्द्रनहरको बाटोमा हटिया लगाउने गरेको हुदा सर्वसाधारणहरुलाई आवत जावतमा समस्या भइरहेका छन् । उक्त बाटो भएर कञ्चनरुप नगरपालिका,नेपाल विधुत प्राधिवितरण केन्द्र कञ्चनपुर,प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुर समेत आवत जावत गर्नमा समस्या वडा नमबर ८की वडासदस्य समलु सदाले बताइन ।

सदाका अनुसार गत आईतवार हटियाको दिन हटिया लगाउने ठाउँ अभावका कारणले कुकुरा मासुको पसलको अगाडि माछा बेचनेहरु बिच झडव भएको थियो । कञ्चनरुप नगरपालिका नगर प्रमुख बसन्त कुमार मिश्रले व्यापारीहरुलाइृ भन्दा भन्दै पनि नटेको बताए । नगरप्रमुख मिश्रले भने,‘हामी कति भन्ने भन्दा भन्दै थाकिसके, पटक पटक भनेको छु हटिया लाग्ने ठाउँमा हटिया लगाउनुस तर व्यपारीहरुले मान्दैन के गर्नु ? ।’ नगरप्रमुख मिश्रले अब आउने बिहिबार देखि हटिया लाग्ने ठाउँमै लगाउने बताए ।

प्रतिक्रिया