राजकुमार साह
बरमझिया, साउन १२ गते । आर्थिक बर्ष २०७७/७८मा प्रदेश सरकारले तिरहुत गाउँपालिका को ८ओटा योजनामा १ करोड ६०लाख ४३हजार रकम बिनियोजन गरेको छ।
आर्थिक बर्श २०७७/७८को कार्यक्रम (रेड बुक) अनुसर तिरहुत गाउँपालिका-५ सिथ्त हनुमान मन्दिर मर्मत सम्भार निर्माणका लागि १५लाख ४३हजार ,वडा नम्बर-४स्थित बिर्ता टोल डिमन मा हनुमान मन्दिर प्राङ्गणमा धर्मशाला निर्माण का लागि २०लाख, वडा नम्बर -५स्थित घोउन्की सामुदायिक भवन निर्माणका लागि २०लख,वडा नम्बर -१स्थित त्रिकोल रामजानकी मन्दिर को प्राङ्गणको घेरा बेरा तथा धर्मशालाकब फिनिशिङ र शाैचालय निर्माण का लागि२०लाख,मा.बि. बिधालय डिमन को अधुरो भबन निर्माण का लागि २०लाख,सरस्वती मा.बि.बिधालय लोहजाराको अधुरो भबन मर्मत सम्भार तथा फर्निचर का लागि २०लाख,वडा नम्बर -५स्थित घोउन्की खेलमैदान निर्माण तथा मर्मत सम्भारका लागि २०लाख , सोही वडा स्थित श्री मा.बि.डिमन प्राबिधिक बिधालय को रुपमा स्तोरन्नती का लागि २५ लाख बिनियोजन गरेको छ। जसमा अधिकाश योजना वडा नम्बर ५ मा रहेछ ।
प्रतिक्रिया