प्रदेश सरकारद्वारा चालु आर्थिक बर्षमा हनुमाननगर कंकालिनी नपामा १० करोड ३९ लाख बजेट विनियोजन

  • श्रावण १२, २0७७
  • 0
...

राजकुमार साह
बरमझिया, साउन १२ गते ।
आर्थिक बर्ष २०७७÷०७८ मा प्रदेश सरकारले हनुमान नगर कंकालनी नगरपालिकाको २३ ओटा योजनामा १० करोड ३९ लाख रकम विनियोजन गरेको छ ।
 आर्थिक वर्ष २०७७÷०७८ को बार्षीक कार्यक्रम (रेड बुक) अनुसार हनुमान नगर कंकालनी नगरपालिका वडा नं. ६ स्थित अधारभुत विद्यालय देखी डगराहा टोल सम्म सडक ढलानका लागि ३० लाख, कंकालिनी मन्दिर धर्मशाला निर्माणका लागि १० लाख, भारदह सहिद स्तम्भ निर्माण कार्यका लागि ३० लाख, जडीवुटी उत्थान तथा रुलर फार्मेसी संचालनको लागि २० लाख आवश्यक औषधि औजार उपकरण खरिदका लागि ५० लाख भारदह अस्पतालको लागि कोभिड–१९ तथा अन्य महामारी रोग नियन्त्रणका लागि २५ लाख छुट्याइएको छ ।

 त्यसै गरि भवन निर्माण तर्फ मधवापुरको रामटोलमा सामुदायिक भवन निर्माणका लागि २० लाख, वडा नं. ९ स्थित शिशु सदन निर्माणका लागि २० लाख, मधवापुरमा शौचालय निर्माका लागि २० लाख, रामपुर मल्हनीयाको अधुरो सामुदायिक भवन निर्माणका लागि २० लाख, सकरदहीको अधुरो सामुदायिक भवन निर्माणको लागि २० लाख, वडा नं. ७ स्थित सरबरिया टोलको अधुरो सामुदायिक भवन निर्माणका लागि २० लाख,दलित वस्ती निर्माणका लागि २० लाख, पोर्ताहाको मावि भवन निर्माणका लागि २० लाख, भारदह अस्पताल भवन निर्माणका लागि ३ करोड भारदह अस्पतालको इमर्जेन्सी र ल्याब भवन निर्माणका लागि २ करोड, भारदह अस्पतालको एम्बुलेन्स खरिदका लागि १२ लाख, सोही अस्पतालमा अक्सिजन पलान्ट जडान तथा स्वास्थ्य सम्बन्धि यन्त्र उपकरण तथा मेसिन औजारका लागि ५० लाख, भारदह अस्पतालमा बेस्ट मेनेजमेन्टका लागि मेशिन खरिद तथा जडानका लागि ५० लाख, भारदह अस्पतालमा अक्सिजन पाईपलाईन जडानका लागि २० लाख, भारदह अस्पतालमा वाटर ट्रिटमेन्ट पलान्ट मेशिन खरिद तथा जडानका लागि २२ लाख छुट्याइएको छ, भने मधवापुरको रंगशाला निर्माणका लागि ४० लाख छुट्याइएको छ ।

प्रतिक्रिया