किशोर पासवान
कञ्चनपुर,साउन १२ गते । सप्तरीको कञ्चनरुप नगरपालिकाको कृषि विकास शाखाले विभिन्न जातका आँप,कागती र लिचिका विरुवाहरु वितरण गरेका छन ।
कृषि विकास शाखा कञ्चनपुरले ५० प्रतिशत अनुदानमा विभिन्न जातका आँप,निम्बु र लिचिका बोटहरु सोमवार ६५ जानालाई वितरण गरेका हुन । वितरण गरिएको अम्रपाली आँप प्रति बोट रु ५० रुपैया,माल्दह प्रतिबोट ४० रुपैया,बम्बै प्रतिबोट ४० रुपैया,लिची प्रतिबोट ६५ र कागती प्रतिबोट ६५ रुपैयाको दरले लिने गरेको शाखाले जानकारी दिएको छ । सो बोट वितरण कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रको हातबाट बितरण सुरु गरेका थिए ।
प्रतिक्रिया