मास्क नलगाई हिलडुल गर्ने ४० जनालाई सय रुपैया जरिवाना

  • श्रावण १३, २0७७
  • 0
...

कञ्चनपुर,साउन १३ गते । इलका प्रहरी कार्यालय कञ्चनपुरले मास्क नलगाई हिलडुल गर्ने ४० जनालाई कार्यवाही गरेको छ । ईलाका प्रहरी कार्यलय कञ्चनपुरका टोलीले भारदहदेखी कञ्चनपुर बेरियरसम्म चौकमा माक्स नलगाई हिडिरहेका ४० जनालाई पक्राउ गरि कार्यवाहीका लागि जिल्ला प्रशासन कार्यलय राजविराज पठाएको थियो । 

ईलाका प्रहरी कार्यलय कञ्चनपुरका प्रमुख डिएसपी नरेशकुमार सिंहले जिल्ला प्रशासन कार्यलयले सय–सय रुपैया जरिवाना तिराएको बताए । ‘ हामीले आज विहानैदेखी माक्स नलगाउनेहरुलाई नियन्त्रणमा लिएर कार्यवाही गनृ पठाएका थियो ।’ कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम कार्यमा सप्तरी प्रशासनले सार्वजनिक स्थलमा मास्क नलगाई हिलडुल गर्नेलाई कारवाही गर्न सुरु गरेको छ । मंगलवार मात्रै राजविराजमा नगरपालिकामा मास्क नलगाई सार्वजनिक स्थलमा हिलडुल गरिरहेका ३४ जनालाई नियन्त्रण लिइएको हो । उनीहरुलाई सदरमुकाम राजविराजस्थित गजेन्द्र चौक, शहिद चौक, रुपनी मोड लगायतका स्थानहरुबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यलय सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आर्चायले माक्स नलगाई हिडडुल गर्नेलाई पहिलो पटक सय रुपैँया तिराएर छोडिएको र अर्को पटक फेरी समातिएका जरिवाना थपिने बताए । जिल्ला प्रशासन कार्यालय सप्तरीबाट संक्रमण नियन्त्रणका निम्ति गत आइतवार (साउन ११ गते) सुचना जारी गरी अनिवार्य रुपमा मास्क प्रयोग गर्न भनिएको थियो । सुचनामा मास्क नलगाउनेलाई कारवाही गर्ने चेतावनी समेत दिएको थियो । सोहीअनुसार गत आइतवार र सोमवार (११ र १२ गते) मास्क नलगाई सार्वजनिक स्थलमा हिलडुल गर्नेलाई सचेत गराइएको थियो । तर, प्रशासनको निर्णयलाई वेवास्ता गरिएको पाइएपछि कारवाही थालिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले गत आइतवार जारी गरेको सुचनाअनुसार कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन सतर्कताका उपायहरु अपनाउनु जरुरी छ । सोहीअनुसार कुनै पनि सार्वजनिक स्थल, कार्यालय तथा पसल वा हाट बजारमा जाँदा वा सार्वजनिक सवारी साधनहरुमा यात्रा गर्दा सवैले अनिवार्य मास्कको प्रयोग, सेनिटाइजर प्रयोग गर्ने, पटक पटक साबुन पानीले हात धुने गर्नुपर्दछ । अटेर गर्नेहरुलाई संक्रामक रोग ऐन २०२० बमोजिम कडा कार्वाही गरिने सुचनामा उल्लेख   छ ।

प्रतिक्रिया