किशोर पासवान
कञ्चनपर,असार १४ गते । सप्तरीको कञ्चनरुप नगरपालिका ४ कबिलासा पासवान टोलमा समयमा नाला मर्मत नहुदाँ बर्षातको पानीले समस्या भएको छ ।
मंगलबार राति परेको अविरल वर्षाका कारण चार जनाको घर आँगनमा पानी पसेपछि आवत जावत गर्न समस्या भएको छ ।
पानी निकास नभएर नगरपालिका वडा नं ४ बस्ने आशिष पासवान,हरिलाल पासवान,श्रीलाल पासवान र दुखन पासवान लगायतको घरमा पानी पसेको स्थानीय आशिष पासवानले बताए ।
स्थानिय दुखन पासवानका अनुसार वडा अध्यक्ष रामनारायण साहलाई नालालाई मर्मत सम्भार गरीदिन पानीको सिजन अगाडी देखि नै भन्दै आएपनि वडाअध्यक्ष साहले हाल सम्म कुनै चासो लिएको छैन ।
वडाअध्यक्ष रामनारायण साहले आफूले नगरपालिकामा कैयौ पटक जेसेभीको कुरा गर्न जादा कहिले डाइभर छैन त,कहिले नगरपालिकाले टेर्दैन भन्ने जवाफ आउने गरेको बताए ।
कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रलाई पटक पटक भन्दा पनी वहाले पनी कुनै वास्था नगरेको पीडित पासवानको भनाई रहेको छ । नगर प्रमुख मिश्र चार पाँच महिना अगाडी उक्त नाला समेत हेरेर गएको स्थानीयहरुको भनाई छ ।
प्रतिक्रिया