कञ्चनरुप नपा ४ मा जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा किर्ते मुचुल्का गरी जग्गा पास

  • श्रावण १४, २0७७
  • 0
...

कञ्चनपुर,साउन १४ गते । सप्तरीको कञ्चनरुप नगरपालिका–४ जगतपुरमा जनप्रतिनिधि र कर्मचारीकै संलग्नतामा किर्ते मुचुल्का तयार गरि जग्गा पास गर्ने अन्तिम प्रयास अन्तिम समयमा असफल भएको छ । वडा नम्बर ४का स्वर्गिय गुजाई माझीको २ छोरा जनकलाल र भटाई माझी भएपनि निजको हक खाने एक जना मात्रै रहेको सिफारिस गरेर  लाखौं रकम पर्ने २ कठा ११ धुर जग्गा हत्याउने प्रयास बिफल भएको हो । 

गुजाईको दुवै छोराको मृत्यु भइसकेको छ । तर वडा नम्बर ४का वडाअध्यक्ष रामनारायण साहले भटाई माझीको श्रीमती रजिया देवी चौधरीलाई एकल हकवाला भएको भन्दै सिफारिस दिएका थिए ।
स्वर्गिय जनकलाल माझीको ६ ओटा  छोरा छन् र भटाईको एक छोरा । गत साउन ८ गते बिहीबार मालपोत कार्यलयमा जग्गा पास हुनेबेलामा त्यहाँका कर्मचारीले गुजाईको हक खाने एक जना मात्रै हो कि अरु पनि छन् भन्दा रजियादेवी चौधरीले मौन बसेका थिए । जगतपुरकै एक जना कर्मचारीले अर्का अंशियार जानकी माझीका परिवार सदस्यलाई खवर गरेपछि किर्ते मुचुल्काको पोल खुलेको थियो ।

वडाअध्यक्ष रामनारायण साहले दुई जना अंसियार भएपनि मुचुल्काको आधारमा अन्तिम सिफारिस दिएको तर बास्तविक कुरा थाह पाएपछि मालपोतमा गएर जग्गा पास गर्न रोकेको बताए ।
‘म निमितलाइ काम गर्न दिएको थिए,वहाँले नै सबै मुचुल्कामा तयार गरेको हो । म आएपछि सबै ठिक छ भनेपछि सिफारिसमा हस्ताक्षर गरेको थिए ।’ वडाअध्यक्ष साहले किर्ते मुचुल्का तयार गर्ने कर्मचारी र सनाखतमा हस्ताक्षर गर्नेलाई कार्यवाही गर्न आपूले पहल गर्ने बताए ।

जनकलाल चौधरीका नाती रामकुमार चौधरीले वडा कार्यलयसँग सरजमिन मुचुल्काको नक्कल  मागेपनि वडाअध्यक्ष साहले आफु र वडा सचिब फस्ने भन्दै सच्याएपछि मात्रै दिने भन्दै आलटाल गरेको बताए । मालपोत कार्यलय कञ्चनपुरका प्रमुख कमलकुमार क्षत्रीले पनि आफुहरुले गुजाई चौधरीको हक खाने दुई जना भएको थाह पाएपछि जग्गा रजिष्टेशन रोकेको बताए । ‘हामीले हक खाने दुई जना भएको थाह पाएपछि जग्गा पास गर्ने काम रोकेका थियौं ।’ मालपोतका प्रमुख क्षत्रीले भने,‘वडाअध्यक्षले समेत वडा कार्यलयबाट अर्को सिफारिस न गरुन्जेल कार्यवाही अघि नबढाउन निवेदन दिएर गल्ती स्वीकार गरेको छ ।’

प्रतिक्रिया