जनकपुरधाम,साउन १५ गते । संयुक्त दलित सर्घष समितिले जनकपुरमा बिहीबार मृरदङ्ग (मादल) लगायतका बाजा बजाउँदै दलित हत्या,हिंसाको विरोधमा प्रदर्शन गरेका छन् ।
सरकार दोषीलाई कार्यवाही गर्न तत्परता नदेखाएको भन्दै पुर्व घोषित कार्यक्रम अन्तगर्त दलित अगुवाहरुले जनकपुरधाममा मृरदङ्ग बजाउँदै विरोध प्रदर्शन गरेका छन् ।
यसअघि अर्धनग्न जुलुस र थाली र सिटी जुलुससहित निकाली सकेका छन् अव साउन १८ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडी अनिश्चितकालिन रिले अनशन बस्ने सम्मको कार्यक्रम सार्वजानिक गरिएको आन्दोलनको संयोजक चन्देश्वर दासले बताए ।
धनुषाको सबैला नगरपालिकामा प्रहरी हिरासतमा झुण्डिएको अवस्थामा शव फेला परेदेखि नै प्रदेशभरमा दलितहरुप्रति बढ्दै गएको हत्या, हिंसालाई मध्यनजर गरी दलित अगुवाहरुले एक महिनाअघिदेखी आन्दोलनरत छन् । धनुषाकै हँसपुर नगरपालिकाका बस्ने शम्भु सदालाई कोरोनटाइन्समा उपचार सम्भव नभएपछि जनकपुर स्थित प्रादेशिक अस्पतालमा उपचारको अभावमा मृत्यु भएको थियो । सप्तरीको कञ्चनरुप नगरपालिका–५रामपुर पथरीमा भोकका कारण मृत्यु भएका मलर सदालाई क्षतिपूर्ति दिनुपर्ने समेत माँग गरिएको छ । त्यस्तै सिरहामा दलित युवा १८ वर्षिय रोशन रामको अपहरणपछि हत्या भएको छ । सप्तरीमा त्रिलोकचन्द महरालाई अपहरणपछि हत्या गरिएको थियोे ।
प्रदेशका जिल्लाहरुमा क्रमिक रुपमा दलित समुदायमाथि हिंसा र हत्या दिन्हु बढ्दै गएपनि जनकचौकवाट सुरु भएको प्रर्दशनमा सहभागीहरूले दलितमाथिको अत्याचार बन्द गर, प्रहरी प्रशासन मुर्दाबाद, शम्भु र राजुका हत्यारालाई कारबाही गर जस्ता नारा लगाएका छन् । जनकपुरको विभिन्न चोकमा प्रदर्शन पश्चात दलित अगुवाहरुले जिल्ला प्रशासन किर्यालय अगाडी केहि छिन धर्नामा पनि बसे । शम्भु र राजु सदाले न्याय नपाएसम्म उनीहरुले विभिन्न चरणका आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका छन् ।
प्रतिक्रिया