इद–उल–अजहा (बकरिद) भीडभाड नगरि आ–आफनै घरमा मनाउन मुख्यमन्त्री राउतद्धारा अपिल

  • श्रावण १६, २0७७
  • 0
...

कञ्चनपुर,साउन १६ गते । प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम धर्मावलम्बीहरुको पर्व इद–उल–अजहा (बकरिद) भीडभाड नगरि आ–आफनै घरमा मनाउनका साथै माहामारी अन्तका लागि प्रार्थना गर्न अपील गरेको छ ।

बकरिदको अवसरमा शुक्रबार शुभकामना दिर्दै मुख्यमन्त्री राउतले पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धिको कामना गरेका छन् । ‘कोरोना माहामारीले विश्वलाई नै अक्रान्त बनाएको अवस्थामा हुन गइरहेको बकरिद पर्वले विश्वलाई कोरोना माहामारीबाट मुक्ति दिलाओस् भन्ने कामना समेत गर्दछु ।’ शुभकामना सन्देशमा भनिएको छ,‘ वर्तमान माहामारीको अवस्थामा  र सरकारले ठाउा–ठाउँमा गरेको लकडाउनलाई पूर्ण पालना गर्दै इश्लामधर्माबलम्बीहरुलाई भीडभाड नगरि आ–आफनै घरमा मनाउनका साथै माहामारी अन्तका लागि प्रार्थना गर्न अपील गर्दछु ।’

प्रतिक्रिया