राजकुमार साह/
किशोर पासवान
कञ्चनपुर,साउन १६ गते । सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित कञ्चनपुर बेरीयरमा एक होटेल व्यवसायी छोरा छोरी दुबैमा कोरोना संक्रमन देखिएपछि कञ्चनपुर त्रासको माहौल सिर्जना भएको छ ।
बेरियर स्थित सर्बाधिक चल्ने उक्त चिया नास्ता होटेल व्यवसायीका छोरा बिराटनगर स्थित दिदिको घरबाट ८ दिन अगाडि कञ्चपुर फर्किएका थिए । बिराटनगरमा बस्ने दिदीको तीन दिन अगाडि कोभिड १९ कोरोना भाईरस पोजेटिभ आएको खवर पाएको थियो । दिदि कोरोना पोजेटिभ भएको थाहपाएपछि काठमाण्डौं गएका भाईले उत्तै पिसिआर जाँच गराएका थिए । भाईको पिसिआर रिर्पोट समेत पोजेटिभ आएपछि शुक्रबार विहान ८ बजेतिरबाट कञ्चनरुप नगरपालिकाका स्वास्थ्यकर्मीहरुले होटल बन्द गर्न लगाएर ती व्यवसायीलाई होम क्वारेन्टाइनमा पठाएका कञ्चनरुप नगरपालिकाका स्वास्थ्यमर्की श्याम सुन्दर साहले जानकारी दिएको छ ।
बिराटनगरबाट आएका व्यवसायीका छोराले होटल समेत संचालन गरेका थिए । दिदी भाईको संक्रमित भएको खवर पाएपछि उक्त होटलमा नियमित चियाँ नास्ता खान जानेहरुबीच त्रासको माहौल सिर्जना भएको छ । उक्त पसलको वरीपरीको अन्य सबै पसलहरु एका एक बन्द भएको छ । कञ्चनपुर बेरियर पूर्ण रुपमा बन्द छ ।
प्रतिक्रिया