राजकुमार पासवान
कञ्चनपुर,साउन १६ गते । कञ्चनरुप नगरपालिकाले पनि शनिबारदेखी पुन : लकडाउन गर्ने भएको छ । नगरपालिकाले शुक्रबार सूचना जारी गर्दै कोरोना समुदायिक रुपमा फैलिन सम्भावनालाई मध्यनजर गर्दै यस नगर क्षेत्रभित्र उच्च जोखिम न्युनिकरणका लागि नगरकार्यपालिको कार्यलय र वडा कार्यलयहरुबाट प्रवाह हुने अतिआवश्यक सेवा वाहेक सार्वजनिक सेवाहरु साउन १८ गतेबाट अर्को सूचना प्रकाशित नभएसम्मको लागि बन्द गरिएको छ ।
नगरपालिकाले अति आवश्यक काम वाहेक घरबाट वाहिर ननिस्कन र निस्किनु परे भने अनिवार्य रुपमा मास्क लगाएर बाहिर निस्कन आग्रह गरेको छ । नेपाल सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन लगाएको लकडाउन १ सय २० दिन पछि साउन ७ गते देखि खोलिएको छ । तर नेपाल सरकारलाई चौतर्फी दबाब र राजश्व असुलीमा समस्या भएपछि संघिय सरकारले साउन ७ गते देखि खोलिएको लकडाउन मानिसहरुको हिडडुल,जिल्लाभित्र मात्र सार्वजनिक यातायात चल्न सक्ने र अन्तर जिल्ला भदौ १ गतेपछि मात्र खोल्ने निर्णय सरकारले गरिएका छन् ।तर, संघिय सरकारको उक्त निर्णयलाई चुनौती दिँदै अहिले समुदायस्तरमा फैलिएको र जोखिम स्थिती सिर्जना भएको भन्दैं स्थानीय सरकारले धमाधम लकडाउन सुरु गरेका छन् ।
सप्तरीका स्थानीय तहले कामकाज बन्द गर्दै लकडाउन गरेका छन् । कोरोना संक्रमण (कोभिड १९) को जोखिम बढेको भन्दै सोमबारदेखि राजगढ,अग्नीसाइर कृष्णसवरन गाउँपालिका,रुपनी गाउँपालिका,बुधबार शम्भुनाथ नगरपालिका तथा बिहिबार बिष्णुपुर गाउँपालिकाले पालिकाबाट प्रवाह हुने अति आवश्यक सेवा बाहेकका अन्य सार्वजनिक सेवाहरु अनिश्चितकालका लागि सार्वजनिक सेवाहरु बन्द गरेका छन् ।
बिष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवले एक विज्ञप्ति जारी गरी समुदाय स्तरमा कोरोना संक्रमण फैलिन सक्ने उच्च जोखिम रहेकाले गाउँपालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरेको बताए । राजविराज नगरपालिका–६ का ७३ वर्षीय कोरोना संक्रमित व्यापारीको मृत्युपछि ‘कन्याक्ट र ट्रेसिङ’ गर्दै जाँदा परिवारका पाँचजना सदस्य, उनको घर, पसल र कलेजका कामदार, छिमेकी तथा उनीहरुको परिवारमा समेत कोरोना पोजेटिभ भएको थियो । राजविराज नगरपालिकाले बुधबारदेखि लकडाउन पूर्ण पालना गर्ने निर्णय गरेको हो । बिहीबारदेखि लागू हुनेगरी सप्तरी जिल्ला सुरक्षा समितिको बैठकले राजविराज नगर क्षेत्रभित्र जारी गरेको निषेधाज्ञा कायम राखेको छ । समुदायमा कोरोना फैलिएको भन्दै ट्रयाकिङ र ट्रेसिङका आधारमा पिसीआर परीक्षण गर्दा संक्रमितको सख्या बढेर ४ सय ६२ पुगेको छ ।
भारतबाट दरभंगाबाट आएका मृत्यु भएका कोरोना संक्रमित राजविराज–६ का ७३ वर्षीय व्यापारीको सम्पर्कमा आएका थप दुईजनामा पनि संक्रमण देखिएको छ । राजविराज नगरपालिका ३ का २४ वर्षीय र वडा नम्बर ८ का २७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो। अति आवश्यक स्वास्थ्य सेवा बाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिँदै अध्यक्ष यादवले हाटबजार नलगाउन, गोष्ठी सेमिनार नगर्न, भीडभाड नगर्न, पसल, व्यापार, व्यवसाय, सरकारी, गैरसरकारी र वित्तीय संस्था सञ्चालन नगर्न, नगराउन तथा अनावश्यक रुपमा घर बाहिर ननिस्किन विज्ञप्तिमार्फत अनुरोध गरेका छन्।
अत्यावश्यक कामका लागि निस्किनु परेमा मास्क अनिवार्य प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न पनि सो विज्ञप्तिमा अनुरोध गरिएको छ । त्यस्तै रुपनी गाउँपालिकाले पनि कामकाज ठप्प गरेको छ। राजविराजमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको भन्दै राजविराज नगरपालिकाले एक साताअघि मंगलबार लकडाउन कडा गर्ने निर्णय गरेको थियो । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना संक्रमण समुदायमा फैलिने सम्भावनालाई मध्यनजर गर्दै उच्च जोखिम न्यूनीकरणका लागि गाउँपालिका र वडा कार्यालय समेतबाट प्रवाह हुने सार्वजनिक सेवा बन्द गरिएको सूचना जारी गरिएको छ ।
वीरगञ्ज ले एक वडा र टोलका व्यक्तिहरु कुनै पनि बहानामा अर्को वडामा जानसमेत रोक लगाएको छ। किराना पसलहरु बिहान ११ बजे देखि दिउँसो ३ बजे सम्म खुल्ने, दुध पसल बिहान ५ बजे देखि दिउँसो ३ बजेसम्म खुल्ने, तरकारी पसल बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म खुल्ने र तरकारी पसलहरु खुल्ला ठाउँमा र ठेलामा संचालन गर्न नपाइने निर्णय गरिएको छ। तरकारीको बिक्रीवितरण पसल र सटरहरुबाट मात्र वा वडाध्यक्षले निर्धारण गरेको ठाउँबाट मात्र संचालन गर्न पाइने सूचनामा उल्लेख गरिएको छ।
त्यस्तै विराटनगर महानगरले पनि कोरोना संक्रमितको संख्या बढेको भन्दै साउन ११ गतेदेखि अत्यावश्यकीय कामबाहेक अन्यका लागि बाहिर ननिस्कन भनेको छ। स्वास्थ्य, वारुणयन्त्र, सरसफाइ र एम्वुलेन्सबाहेक अन्यलाई नगरपालिकाले रोक लगाएको छ।
प्रतिक्रिया