किशोर पासवान
कञ्चनपुर,साउन १६ गते । कञ्चनरुप नगरपालिकाले नगरभित्रका सबै हाट र गुद्री शनिबारदेखी पुन : बन्द गर्न सूचना जारी गरेको छ । विश्वप्यापी रुपमा फैलिरेको कोभिड–१९ रोग हाल समुदायिक रुपमा फैलिन सम्भावनालाई मध्इनजर गर्दै यस नगर क्षेत्रभित्र उच्च जोखिम न्युनिकरणका लागि सबै हाट बन्द रहने सूचना जारी गरेको हो ।
नगरकार्यपालिले शुक्रबार सूचना जारी गर्दै कञ्चनपुर,बरमझिया,पोटरी,बलुवा,रुपनगर बरदहट्टा।सिमरा,बक्साहा,बेङ्गरीका सबै हाट र गुद्री र साथै सबै बजार अर्को सूचना नआएसम्म बन्द गर्न सूचना जारी गरेको हो । नगरपालिकाले अति आवश्यक काम वाहेक घरबाट वाहिर ननिस्न,निस्किै परे अनिवार्य रुपमा मास्क लगाएर बाहिर निस्कन आग्रह गरेको छ । नेपाल सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन लगाएको लकडाउन १ सय २० दिन पछि साउन ७ गते देखि खोलिएको छ ।
तर नेपाल सरकारलाई चौतर्फी दबाब र राजश्व असुलीमा समस्या भएपछि संघिय सरकारले साउन ७ गते देखि खोलिएको लकडाउन मानिसहरुको हिडडुल,जिल्लाभित्र मात्र सार्वजनिक यातायात चल्न सक्ने र अन्तर जिल्ला भदौ १ गतेपछि मात्र खोल्ने निर्णय सरकारले गरिएका छन् ।तर, संघिय सरकारको उक्त निर्णयलाई चुनौती दिँदै अहिले समुदायस्तरमा फैलिएको र जोखिम स्थिती सिर्जना भएको भन्दैं स्थानीय सरकारले धमाधम लकडाउन सुरु गरेका छन् ।
प्रतिक्रिया