किशोर पासवान
कञ्चनपुर,साउन २२ गते । कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बिहिबार ‘सुनौलो हजार दिन’ कार्यक्रम अन्तर्गत महिलाहरुलाई पोषण झोला वितरणका साथै विश्व स्तनपान सप्ताह २०२० मनाईएको छ ।
बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७६÷०७७ मा छनोट भएका प्रत्येक वडाबाट ३० जना गरि ३ सय ६० जाना महिलालाई ‘सुनौलो हजार दिन’ कार्यक्रम अन्तर्गत वितरित झोलामा गर्भवती सुत्केरी महिलाहरुलाई चामल १० केजी,आँटा १केजी,चना ४सय ४५ग्राम,दाल १ केजी, भटमास ४ सय ४५ ग्राम,तरकारीको विउ विजन १ प्याकेट,नुन १ प्याकेट,साबुन १ गोटा,पोषिलो पिठो १ केजी, स्यानिटाईजर १ थान,बच्चाको पोर्ट १ थान,टुथ पेष्ट १थान,तेल १.५लिटर,अण्डा १क्रेट,ध्यु १ लिटर,स्यानेटरी प्याड ५ प्याकेट,क्यालसियम चक्की १ सय ८० चक्की,जानकारी मुलक लिफलेट ८ थान,हर्लिक्स ५ सय ग्राम,कपडाको पोषण झोला १ थान वितरण गरेका छन् ।
कञ्चनरुप नगरपालिका नगर प्रमुख बसन्त कुमार मिश्रले पोष्टीक आहार बच्चाहरुलाई खुवाएन भने बच्चा र आमा दुबैमा स्वास्थ्यमा कमजोरी हुने बताए । उक्त कार्यक्रमा बहुक्षेत्रीय पोषण कार्यक्रमका फोकल पर्सन तथा कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखा कञ्चनपुरका डम्वर प्रसाद गुप्ताले कोरोना भाईरस बाट जोगिन बारे सहभागीहरुलाई सुझाव दिएका थिए । त्यसैगरी प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरकी स्टाफ नर्स सपना चौधरी, स्वास्थ्य शाखाका सुरेन्द्र यादव,शाखा गतका प्रमुखहरु समेतको उपस्थितीमा वितरण कार्यक्रम सुरु गरेको थिए । कार्यक्रम नगरप्रमुख मिश्रको अध्यक्षतामा भएको थियो ।
प्रतिक्रिया