किशोर पासवान/राजकुमार साह
‘शिक्षा स्वास्थ्य पूर्वाधार कृषि पर्यटन र रोजगार, स्वच्छ हराभरा सुन्दर समृद्ध कंचनरुप नगर ’यो कञ्चनरुप नगरपालिका नारा हो । नारामा र भाषणमा कृषि क्षेत्रलाई प्राथमिकता दिएको नगरपालिकासँग नगरमा कति खेती योग्य जमिन छ ? त्यसबारे जानकारी छैन भन्दा पत्यार नलाग्न सक्छ । तर बास्तविकता यही हो ।
कञ्चनरुप नगरपालिकाको कृषि शाखासँग नगरपालिका भित्र कति खेती योग्य जमिन छ ? धान र गहुँ खेती कति क्षेत्रफलमा हुन्छ ? नगरका किशानलाई मल कति आवश्यक पर्छ ? यी विषयमा कुनै जानकारी छैन । यस सन्दर्भमा कञ्चनरुप नगरपालिका कृषि शाखाका संयोजक बेचन सढोक यादबसंग नगरपालिकामा कति हेकटर खेती योग्य जमिन छ ? कति टन रसाईनिक मलको आपूर्तीको आवश्यक्ता पर्छ ? भने बुझदा उनले यसबारेमा हामीसंग कुनै त्यस्तो ठोस तथ्याङ्क नभएको बताए ।
कञ्चनरुप नगरपालिकाका अधिकाँस जनता कृषिमा आश्रित छन् । किसानहरुको मुखय आय स्रोत खेती रहेको छ । किसानहरु खेतीमा आस्रीत भएको हुनाले किसानलाई सबै भन्दा महत्वपूर्ण वहाँहरुकालागि रसाईनिक मल हो । तर यति बेला किसानहरुलाई सहजरुपमा मल उपलब्ध भईरहेको छैन । जसले गर्दा किसानलाई धानवाली उब्जाउ गर्नमा मलको अभावले उब्जाउमा असर पुग्दै आईरहेका छन ।
यस नगरपालिकाका नारा अनुसार शिक्षा स्वास्थ्य र कृषि सब भन्दा पहिलो प्राथमिक्तामा रहेको छ । यो नारालाई नगर प्रमुखले हरेका साल सार्वजनिक कार्यक्रममा भन्दै आईरहेको छ । तर नगर भित्र खेती योग्य जमिनको र त्यसमा लाग्ने मलको आपूर्ति सम्बन्धिमा बुझदा केही त्यस्तो तथ्याङ्क छैन भन्दा नगरपालिको प्राथमिकता सहजै अनुमान लगाउन सकिन्छ ।
प्रतिक्रिया