दलित यूवामाथि सांघातिक आक्रमण, ६ जना गम्भिर घाइते, दोषीलाई कार्यवाही गर्न दलित सरोकार मञ्चद्वारा प्रशासनसँग माग

  • श्रावण २३, २0७७
  • 0
...

राजकुमार पासवान

कञ्चनपुर,साउन २३ गते । सप्तरीको बोदे बरसाईन नगरपालिका–१० स्थित अमरैयाकामा गाली गरेको भन्दै ६ जना दलित युवकहरुमाथि सांघातिक आक्रमण भएको छ ।

सांघातिक आक्रमणबाट २५ वर्षीय रामदुलार राम, २५ वर्षीय रामनन्दन राम र १९ जितेन रामको टाउकोमा गम्भिर चोट लागेको छ भने २३ वर्षीय सरोज राम, २४ वर्षीय सुन्दर राम र २० वर्षीय दिपेन रामको पनि टाउको, अनुहार र हातमा चोट उपचारमा संलग्न चिकित्सकले बताए । घाइते सवै जनालाई उपचारार्थ रुपनी गाउँपालिकास्थित यूनिक अस्पतालमा भर्ना गरिएको छ । पीडितका अनुसार सोही ठाउँका २३ वर्षीय रन्जनकुमार यादव, २३ वर्षीय शिवकुमार यादव, २२ वर्षीय जितेन यादव, २१ वर्षीय चन्दन यादव, २३ वर्षीय चन्दन यादव र ४० वर्षीय दलुवा यादवले आक्रमण गरेको हो ।

यता, ईलाका प्रहरी कार्यालय कडरबोनाका इन्चार्ज रामराजा केशरीले घटनाको पुष्टि गर्दै संलग्न व्यक्तिहरुको खोजी कार्य भइरहेको जानकारी दिए । ‘घटनामा संलग्न व्यक्तिहरु फरार छन्, ६ जनाकै खोजी कार्य भइरहेको छ’ विहिवार साँझ सोही ठाउँका श्यामसुन्दर राम मोटरसाइकलमा गइरहेको बेला केही दिनअघि गाली गरेको भन्दै समूहमा आएका ती युवाहरुले मोटरसाइकलको साँचो खोसेर कुटपिट गर्न थाले । स्थानीयहरु भेला भएपछि दुवै पक्षलाई सम्झाएर घर फर्काए । राम घर फर्किएसँगै सोही बाटो भएर ती युवाहरु पनि फर्किदै थिए ।

शुक्रवार विहान सोही टोलका हरि रामलाई सडक भएर काममा जाने क्रममा ती युवाहरुले अचानक कुटपिट गर्न थाले । कुटपिटमा परेका राम चिच्याउन थालेपछि हेर्न पुगेका दलित युवकहरुलाई निर्घात कुटपिट गरेको पीडितहरुको भनाई छ । ‘उनीहरु पहिलेदेखि नै बाँसघारीमा भाटा लुकाएर राखेका थिए, हामी पुगेसँगै हरिलाई छाडेर चारैतिरबाट हामीमाथि नै प्रहार गर्न थाले’ पीडित रामदुलार रामले भने–‘हामी पनि चिच्याउन थालेपछि गाउँका अरु मानिस आएपछि उनीहरु भागे ।’

यता दलित सरोकार मञ्च नेपाल सप्तरीले उक्त घटना सांघातिक आक्रमणबाट गम्भिर घाईते दलित युवक र अन्य घाईते भएका सबैलाई स्वास्थ्यलाभका लागि कामना गर्दै कुटपिटमा संलगन सबैलाई पहिचान गरि कार्यवाही गर्न जोडदार माग गरिएका छन् । मञ्चका युक्तिलाल मरिकले भने उक्त घटना प्रति घोर र्भत्सना गर्दै दोषीलाई कार्यवाही गर्न सप्तरी प्रशासन सँग माग गरेका छन् ।  

प्रतिक्रिया