राजकुमार साह
कञ्चनपुर,साउन २६ गते । सप्तरीको कञ्चनरुप नगरपालिका १ का जलेश्वर सदाको घरमा केही दिनदेखी चुलो बलेको छैन । भोकका कारण उनी थला परेका छन् । जलेश्वर सदाकै छिमेकी गंगाराम सदापनि गएको महिना रोगसँगै लड्दै थिए तर भोकले ज्यान गुमाएका थिए ।
जलेश्वर सदाको पत्नी,३ छोरा,एक विवाहित छोरी, एक वुहारी र २ नाति–नातिनी गरि १० जनाको परिवारक छ । कमाउने एक छोरा पनि ससुरालीमै बस्छ । एक विवाहित छोरी पनि महिला हिंसाबाट पिडीत भएर माइतमै बस्दै आएकी छिन् । १० जनाको परिवारमा काम गर्ने एक जना भएपनि बाहिर छन्,जसल् गर्दा जलेश्वर सदाको घरमा खानाको समस्या छ । स्थानीय अगुवा विद्यानन्द साहले भने, ‘वडा कार्यलयमा राहतको लागि भन्दा आजभोली भन्दै झुकाउने गरेको छ ।’ उनले भने,‘ दलितहरु जीवन जिउनको लागि रोग र भोकले त्रसित छन् तर जनप्रतिनिधिहरु गैरजिम्मेबार छन् ।’
वडा कार्यलय पहिलो चरणको राहत अन्तर्गत ७ किलो चामल बाहेक केही पनि दिएको छैन । नगरपालिकामा समाजिक र आर्थिक रुपले सवभन्दा पिडित जात मध्ये सदा, खंग, राम, मरिक लगायतले न त स्वास्थ्य उपचार राम्रो संग पाउने अवस्थामा छ न छाँक काटने उचित व्यवस्थापन । वडा १ वैरामा २९ घरभन्दा बढी सदाको घरपरिवारलाई जीवन चलाउन कुनै किसिमको आयश्रोत छैन । कञ्चनरुप नगरपालिकाले आव २०७७÷७८ को निति तथा कार्यक्रममा संक्रमण जोखिम रहदा सम्म अशक्त, असहाय,एवं आर्थिकरुपले विपन्न परिवार, गर्भवती महिला, जेष्ठ नागरिक र अपाङ्ग भएका व्यक्तिहरुलाइ राहतका कार्यक्रम संचालन गर्ने गरी वजेट व्यवस्था गरिएको छ ।
संक्रमण लगायत सवै प्रकारको रोगवाट नागरिको जिवन रक्षा गर्दै जनजीवनलाई सुरक्षित बनाउने नीति नगरपालिकाको छ । तर वास्तविकता फरक छ । स्थानिय ममता देवी सदाले भनिन,‘गर्भवती महिला देखी स–साना वालवच्चाहरु खाना नपाएर कुपोषण शिकार हुने क्रममा छन् तर नगरपालिकाले दलित महिलालाई हेरेको छैन ।’ गत केही महिना अघि यसै नपाका वडा नं. ५ मा मलर सदाको भोकले अकाल मृत्यु भएको थियो । वैरवामा समेत गगाराम सदा रोगसँगै लड्दै भोकले ज्यान गुमाएका थिए तर पनि जनप्रतिनिधिको ध्यान दलितहरुको समस्या समाधान गर्नेतर्फ छैन ।
वडाअध्यक्ष करिम शेखले वितेको दुई सातादेखी आजभोली नै राहत वितरण गर्ने बताएपनि यो समाचार तयार पार्दासम्म राहत वितरण गरेको छैन । वडाअध्यक्ष शेखले राजनीतिक दलको प्रतिनिधिहरुको असहयोगका कारण राहत वितरणमा ढिलाई भइरहेको बताए । तर जनता समाजवादी पार्टीका प्रतिनिधि अर्जून पंजियारले वडाअध्यक्षले नहुने काम मनमौजीले किसिमले गर्ने गरेको तर जनतालाई राहत दिनुे काममा अरु पार्टीका प्रतिनिधिहरुको नाम बदनाम गरेको बताए ।’
प्रतिक्रिया