बिष्णुपुर(सप्तरी),बैशाख १२ गते । सप्तरीको बिष्णुपुर गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई तीन दिने तालिम शुरु भएको छ । यूरोपियन यूनियन आर्थिक तथा वेल्टहङ्गरहिल्फे (ध्ज्ज्) को प्राविधिक सहयोग आसमान नेपालको अगुवाई तथा दलित सरोकार मंच नेपाल सप्तरीको आयोजनामा सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीहरु बिच स्थानिय तहको वार्षिक योजना तर्र्जुमा प्रक्रियाका सात चरणहरु,स्थानिय तहका पदाधिकारीहरुको काम कर्तव्यहरु,वडा समितिबाट गरिने विकास निर्माण र व्यवस्थापन सम्बन्धि कार्यहरु लगायतका विषय वृहत छलफल गरिएको छ ।
तालिममा स्थानिय सरकारको योजना तर्र्जुमा प्रक्रियालाई जनमुखि बनाउने उद्देश्यले वस्ती स्तरबाट योजना संकलन गर्ने प्रकृया,ती योजनाहरुलाई प्राथमिकिकरण गर्ने आधारहरु,तथा प्राथमिकिकरण गरिएका योजनाहरुलाई सभाबाट स्वीकृत गराउने प्रकृयाबारे बृहत विचार विमर्श गरिएको छ ।
तालिममा प्रशिक्षक गोविन्द अधिकारी तथा बिष्णुपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रंजितजंग अधिकारीले गरिएको थियो । तालिम बिष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवको प्रमुख अतिथि तथा बिष्णुपुर गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष विन्देश्वर प्रसाद साहको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको थियो ।
प्रतिक्रिया