राजकुमार साह
कञ्चनपुर,साउन २६ गते । सप्तरीको कञ्चनरुप नगरपालिका–२ ले सोमबारदेखी बल्ल दोश्रो चरणको राहत वितरण कार्य शुरु गरेको छ । वडा नम्बर २ ले दोस्रो चरण अन्तर्गत ९ सय ६० घरधुरीलाई राहत दिइने भएको छ । जवकी पहिलो चरणको राहत वितरणमा ८ सय १९ घरधुरीमा छनौट भएकोमा ७ सय जना घरधुरीले पाएको थियो । उक्त राहत वितरण साविकको २÷२ वडा गरी तीन दिनसम्म गरिन वडा अध्यक्ष मेहदी हुसेले बताए । उनले भने ‘सोमवार बरमझियाका साविक ५ र ६ वडामा १ सय ८५ घरधुरीलाई राहत वितरण गरेका छौं ।’
जेष्ट १३ गते कञ्चनरुप नगरपालिकाको कार्यपालिका बैठकले दोस्रो चरणको राहत वितरण गर्नको लागि ७० लाख १ हजार रुपैया विनियोजन गरेको थियो । उक्त वजेटवाट वडा नं. २ ले राहत वितरणको लागि ५ लाख ३० हजार रकम पाएको थियो । सो राहतमा १० किलो चामल, दुई थान मास, दुई÷दुइ थान कपडा धुने र नुहाउने सावुन लागायतको सामानहरु वितरण गरेको सम्बन्धि समाजवादी पार्टिका नेता मुन्ना शेखले बताए ।
प्रतिक्रिया