राजकुमार साह
कञ्चनपुर,साउन २९ गते । कञ्चनरुप नगरपालिकाका जनप्रतिनिधिको मनोगत निर्देशनले सुरक्षित नागरिक आवास कार्यक्रम अलपत्र परेका छन् । जनप्रतिनिधिको मनोगत निर्देशनले बर्षा भएको रात गरिब निमुखा जनता रातभर सुत्दैनन् । नगरप्रमुख वसन्तकुमार मिश्र र वडा नम्बर ५का वडाअध्यक्ष केलाश साहको मनोगत निर्देशनका कारण निमुखा दलित तथा सीमान्तकृतहरु सास्ती खेप्न बाध्य भएका छन् ।
साउन महिनाभरी एकआध दिन वाहेक प्राय : सधै बर्षात भएपनि छाना फेर्ने आशमा बसेका दलित सिमान्तकृत समुदाय बर्षात भएको समयमा घरमा पानी चुहेर वस्ने सम्मको अवस्था छैन । लाभग्राही फणिलाल सदाले भने,‘ बर्षात भएको राति हामी पानी चुहेर सुत्न सक्दैनौं र घर पनि पूmसको झोफडी भएकोले कति खेर लड्ने हो त्रासमा बाँच्नु पर्छ ।’
कञ्चनरुप नगरपालिकाको वडा नं. ५ मा सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ७५ जना विपन्न गरिव नागरिक छाना फेर्ने कार्यक्रमका लागि गत आर्थिक वर्षको अन्तिममा पहिलो किस्ता रकम लाभाग्रहीको खातामा गएपनि नगर प्रमुख वसन्तकुमार मिश्र र वडाअध्यक्ष कैलाश साहले कार्यविधिमै उल्लेख नभएको र बजारमा समेत उपलब्ध नहुने ४० एम.एमको जस्तापाता लागउन निर्देशन दिएपछि सिमान्तकृत दलित समुदायले सास्ती खेप्न बाध्य भएको लाभाग्रहीमध्येका एक शिवनाथ सदाले बताए । सदाले भने,‘ जम्मा ५० हजार रुपैया पाउनेमा ४० एमएमको जस्ता लगाउदा ३० हजारभन्दा बढी रकम खर्च भइहाल्छ, काठ र मिस्त्रीको खर्च कहाँबाट ब्योहोर्ने ? ’ आव २०७७÷०७८ को साउनको पहिलो हप्तामा ७५ जना लाभाग्राहीलाई आवास निर्माण गर्नको लागि पहिलो किस्ताको ६० प्रतिशत रकम बैंक मार्फत दिइएको छ ।
वडा नं ५ का वडाध्यक्ष कैलाश साहले ४० एमएमको जस्तापाता मात्र लगाउनु भनेर सवै लाभाग्राहिलाई निर्देशन दिएको लाभाग्रहीको भनाई छ । वडाध्यक्ष साहको निर्देशन बमोजिम लाभाग्राहीले कञ्चनरुप नगरपालिका ८ अन्तर्गतको प्रकाश हाडवेयरमा जस्तापाताको लागि रकम जम्मा ग¥र्यो । रकम जम्मा गरेको महिनादिन बित्नै लाग्दा समेत लाभाग्रहीहरुले जस्तापाता पाएको छैन ।
हाडवेयरका संचालक प्रकाश गुप्ताले ४० एमएमको जस्तापाता पसलमा नभएकोले कम्पनीमा अर्डर गरेको तर अहिलेसम्म नआएकोले दिन नसकेको बताए ।
उक्त सम्बन्धमा वडाध्यक्ष साहसंग बुझदा साहले भने ४० एमएमकै जस्तापाता लगाउनु पर्छ भनेर नपाका मेयर बसन्त कुमार मिश्राले निर्देशन दिएको बताए । ४० एमएमको जस्तापाता अलि बलियो रहेकोले सोही जस्तापाता लगाउन निर्देशन दिएको नगर प्रमुख मिश्राले बताए । सुरक्षित नागरिक आवास कार्यविधि २०७५ अनुसार कति एमएमको जस्तापाता लगाउने भन्ने बारे केही उल्लेख छैन ।
प्रतिक्रिया