समाचार प्रभाव : कञ्चनरुप नपाद्वारा जलेश्वर सदाको उपचार, सदा भन्छन्, ‘रोगको त उपचार भयो तर भोकको उपचारको व्यवस्था भएको छैन ’

  • श्रावण ३0, २0७७
  • 0
...

राजकुमार साह
कञ्चनपुर,साउन ३० गते । गत साउन २६ गते अवलोकित दैनिक पत्रिकामा ‘मुसहर समुदाय रोगले भन्दा भोकले मर्ने अवस्थामा वडामा रकम आएको तिन महिना वित्यो तर दोश्रो चरणको राहत वितरण भएन’ शिर्षकमा प्रकाशित समाचारको प्रभावले एक जनाले उपचार पाएका छन् ।

समाचार प्रकाशित भएपछि कञ्चनरुप नपा–१ वैरवा स्थित स्वास्थ चौकीका इन्चर्ज विरेन्द्र कुमार यादवले सदाको घरमा पुगेर स्वास्थ्यवारे जानकारी लिई उपचारकालागी यातायातको साधन सहितको व्यवस्था गरी सदालाई कञ्चनपुर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराएका थिए । विरामी जलेश्वर सदाले आफु उपचार पाएपछि स्वास्थ्यकर्मी र अवलोकित पत्रिकाप्रती धन्यवाद व्यक्त गरेका छन् । उनले भने, ‘रोगको त उपचार भयो तर भोकको उपचारको व्यवस्थ भएको छैन ।’  कञ्चनरुप नगरपालिकाको वडा नम्बर १ले यो समाचार तयार पर्दासम्म गत जेष्ठ १३ गते नै राहतको लागि रकम निर्णय भएपनि राहत वितरण गरेको छैन ।’

याे पनी पढनुहाेस ः कञ्चनरुप नपाका गैर जिम्मेबार जनप्रतिनिधि : मुसहर समुदाय रोगले भन्दा भोकले मर्ने अवस्थामा,वडामा रकम आएको तीन महिना बित्यो तर दोस्रो चरणको राहत वितरण भएन https://www.ablokit.com.np/detail/619

कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका अनुसार जलेश्वर सदा दमको रोगी रहेको हुदा सादालाई चाहिने औषधिहरु निःशुल्क उपलब्ध गराइएको जनाएको छ । स्वास्थ्य शाखाका सह–संयोजक डम्बर गुप्ताले भने,‘ केही थप उपचार गराउनु प¥र्यो भने स्वास्थ्य शाखा र प्राथमिक स्वास्थ्य केन्द्रले सदा लगायत नगर क्षेत्र भित्रका रोगवाट पिडित असहाय, गरिव दिलित विपन्नहरुको लागि निशुल्क उपचार सेवा दिन तयार छ ।’

प्रतिक्रिया