औषधी उपचारमा लागेको डेढ लाख तिर्न नसक्दा मुसहर दम्पती अस्पतालमा बन्धक,कुट्ने व्यक्ति समान्य तारिकमा रिहा

  • भाद्र २, २0७७
  • 0
...

कञ्चनपुर, भदौं २ गते । गैर दलितबाट कुटिएका एक मुसहर दम्पती अस्पतालमा औषधी उपचार खर्च तिर्न नसक्दा बन्धक छन्,तर कुटपिट गर्ने व्यक्ति समान्य तारिकमा रिहा भएका छन् ।
गत साउन ५ गते सप्तरीको अग्निसाईर कृष्णसवरण गाउँपालिका २, महुलीमा अविरल वर्षाको कारण मुसहरको घर आँगनमा पानी जमेपछि त्यसको निकासीको लागि छेउमै रहेको दिना साहको खेतमा पानी बगाउन खोजेपछि विवाद भएको थियो ।

           ..                             ....

शिवचन्द्र सदा (भुटाइ)ले आफ्नो झुपडीलाई जोगाउन पानीको मुहान खोलेपछि बिबाद भएको थियो । पानी खोलेपछि दिना साहको पुरै परिवार मिलेर शिवचन्द्र सदा (भुटाइ) र उनकाे पतनी मलिया देवी सदालाई निर्घात कुटपिट गरेका थिए । घरमा पानी जमेपछि छिमेकी खेतबाला दिना साहको खेतमा निकास बाहेक अरु ठाउँ थिएन ।  तर, साह परिवारले आफ्नो जमिनमा पानी छिर्न नदिने भएपछि झगडा सुरुभएको थियो । 

कुटपिटबाट घाइते भएको सदा दम्पतीको स्थानीय क्लिनिकमा उपचार पश्चात थप उपचारका लागि विराटनगर स्थित गोल्डेन अस्पतालमा भर्ना भएका थिए  । इलाका प्रहरी कार्यालय कञ्चनपुरले दिना साहलाई पक्राउ गरि अभद्र व्यवहारमा मुद्दा चलाएका थिए । तर तीन सातापछि गत साउन ३२ गते कुटपिट गर्ने साह जिल्ला सरकारी वकिलको कार्यलयको आदेशबाट रिहा भएपछि सदा दम्पतीलाई थप पिडा भएको छ । 

अवलोकित दैनिकसँग मंगलबार टेलिफोनमा कुरा गर्दै भुटाईले भने,‘ हामी पैसा तिर्न नसकेर बन्धक भएर बस्न बाध्य छौ,यहाँ खानाको समेत समस्या छ । ’ उनले भने,‘ उता प्रहरीले अस्पतालमा औषधी उपचार खर्च समेत तिर्न नलाई कुटपिट गर्ने साहलाई छोडेछ,अब हामी कसरी मुक्त हुने ? डेढ लाखभन्दा बढी औषधी उपचार खर्च कहाँबाट तिर्ने ? अस्पतालमा बन्धक रहेका सदाले टेलिफोनमा रुदै भने,‘ मेरो तीन जना स–साना बच्चाहरुको बिजोग छ,घरमा उनीहरु भोक भोकै छ,यता हामी बन्धक छौं ।’ 

इलका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी नरेशकुमार सिंहले पिडीत पक्षले अस्पतालमा लागेको खर्चको बिल ल्याउन नसकेकोले सरकारी वकिल कार्यलयको आदेशमा दिना साह रिहा भएको बताए । उनले भने,‘ पिडीतहरुले औषधी उपचारमा लागेको खर्चको बिल लिएर आयो भने, म मिसिलमा राखेर अन्तिम सुनवाईको लागि सिडियो साबको पेश गर्छु ।’ ‘प्रहरीले बिल ल्याउन भनेपनि अस्पतालले पैसा नतिरी बिल दिन नमिल्ने बताइरहेको छ । कुटिएका मुसहर समुदाय भूमिहीन छन् । ऐलानी जग्गामा पूmसको घर छ । दिनभर कमायो भने राति चुलहो बल्छ ।’ भुटाईका छिमेकी समेत रहेका दलित अगुवा बलराम सदाले भने,‘ अस्पतालमा धेरै आग्रह गरेपछि दुई दिन अघि अस्पतालको लेटरप्याडमा औषधी बाहेक एक लाख २५ हजार खर्च भएको लेखेर दिएको छ, औषधी समेतकाे जाेडदा १ लाख ६० हजार भन्दा बढी पैसा तिर्न बाँकी छ ।’

प्रतिक्रिया