निरन्जन रामको हत्या छिमेकिसंगकाे बिबादकाे कारण : घटनामा संलग्न ६ जना सार्वजनिक

  • भाद्र ५, २0७७
  • 0
...

रौतहट,भदौं ४ गते । रौतहटको गरुडा नगरपालिका –८ जिङ्गडियामा २० वर्षीय युवक निरन्जन रामको घाँटी रेटेर हत्या घटना संलग्न ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । 
गत साउन ३२ गते रामको धारिलो हतियारले घाँटीमा प्रहार गरी हत्या भएको थियो । ईलाका प्रहरी कार्यालय गरुडाले बिहीबार पत्रकार सम्मेलन गरेर घटनामा संलग्न ६ जनालाई सार्वजनिक गरेका छन् ।
घटनामा स्थानीय शेख अजाद र मृतक निरन्जन रामको सम्पर्क रहेको देखिएपछि प्रहरीले शेख अजादलाई नियन्त्रणमा लिएर त्यसको आधारमा अनुसन्धान थालेको थियो । प्रहरीको अनुसन्धानबाट २० बर्षिया अजय कुमार रन्जन, १९ बर्षिया बिबेक राय यादव, १९ बर्षिया अर्जुन राम, २० बर्षिया सिकिन्द्र पासवान, १९ बर्षिया बिजय महरा समेतका साथीहरु मिलेर निरन्जनको हत्या गरेको प्रहरीले जनाएको छ ।
शेख अजादको परिवारिक बिबादको कारण निज समेतको योजनामा निज निरन्जन रामलाई फोनबाट बोलाई पार्टी खुवाई घाँटी रेटी कर्तब्य गरी मारे ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए । डिएसपी महतोको अनुसार गत साउन  ३१ गते शनिबारको दिन निरन्जन राम काम गर्ने सच नर्सरीको साहुको गुरुको जन्मदिन रहेको कुरा निरन्जनका साथीहरुले थाहा पाई सोही दिन निज निरन्जन रामलाई फोन गरेको अनसन्धनबाट खुलेको छ । 
शेख अजादले निरन्जनलाई फोन गरेर ‘आज हामीले पार्टी राखेका छौं पार्टीमा आउनु’ भनि बोलाएकोमा निज निरन्जन रामको शेख अजाद र बिजय महरासँग भेट भई सच नर्सरी देखि उत्तर तर्फ रहेको होटलबाट रक्सी, मासु समेत किनी सोही होटलको पुर्वमा रहेको सपेताको बगैचामा पार्टी गरेको अनसन्धानबाट खुलेको डिएसपी महतोले बताए । उनले भने,‘सबै साथीहरु बसी मासु रक्सी मुह्री समेत खाई निज निरन्जन रामलाई अत्याधिक रक्सी खुवाई मताई बाद बिवाद गरी पुर्व योजना अनुसार सबै साथीहरु मिलि निज निरन्जन रामलाई बन्धक बनाएको र शेख अजादले बोकी ल्याएको धारिलो छुराले घाँटी रेटी कर्तब्य गरी मारेको हो । 
 निरन्जनलाई मार्ने क्रममा शेख अजादको बाँया हातको चोर औलामा काटिएको, घटना पश्चात सबै जना सबै तिर भागी जाने क्रममा निज शेख अजाद र सिकिन्द्र पासवान उत्तर तर्फ गई उखु बारी हुँदै कालो पत्रे सडकमा आई निज शेख अजादले शिवानी पेट्रौल पम्प नजिकको कलभटमा गई खुट्टा धुन खोज्दा निजको चप्पल सोही ठाउँमा छुटेको, सोही क्रममा कालो पत्रे सडकमा काटिएको औलाबाट रगत चुहिएको अनुसन्धानबाट खुलेको प्रहरीको दावी छ ।
 डिएसपी महतोका अनुसार मृतक काम गर्ने सच नर्सरी तथा बागवानी फर्म जिंगडियाको संचालक समेत उपर अनुसन्धान भईरहेको बताए । अभियुक्तहरुमाथि ज्यान सम्बन्धी कसुरमा सोमबार रौतहट जिल्ला अदालत गौरबाट म्याद थप भई न्यायिक हिरासतमा राखी थप अनुसन्धान कार्य भई रहेको डिएसपी महतोको भनाई छ । 
प्रहरीले दशी प्रमाणका रुपमा घटना स्थलमा रातो गुलाबी रंगको हाते झोला,कतावको कभर पेजमा अँग्रेजी अक्षरमा आइ लव यू समेत लेखेको कागजको टुक्राहरु, एटलास नामक साईकल थान १ लडेको अवस्थामा रहेको,फिता भएको म्याजिक चप्पल १ जोर, पिच सडकमा रहेको थोपा थोपा रगत जस्तो पदार्थ, रक्सीको खाली बोतल थान ५ र प्लाष्टिकको गिलास २ थान बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया