कञ्चनपुर, भदौ ४ गते । सप्तरीमा बिहीबार ५ जना संक्रमित थपिएको छ । बिहीबार एक स्वास्थ्यकर्मीसहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अहिलेसम्म सप्तरीमा संक्रमित हुनेहरुको संख्या ७०७ जना पुगेको छ ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ६ बस्ने ५५ वर्षीय स्वास्थ्यकर्मी, राजविराज नगरपालिका वार्ड नम्बर १३ का ३५, ३५ वर्षका दुई पुरुष र वार्ड नम्बर नखुलेको ३० वर्षीया महिला तथा बोदेबर्साइन नगरपालिका ३ का २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । बिहीबारसम्म सप्तरीमा डिस्चार्ज हुनेको संख्या ४८१ रहेको छ ।
प्रतिक्रिया