राजकुमार साह
कञ्चनपुर,भदौं ८ गते । धान खेती गरेका कञ्चनरुप नगरपालिकाका किसान ग्वारो किराको प्रकोपबाट चिन्तित छन् । किराले धान सखाप गर्नेक्रम बढेपनि कञ्चनरुप नगरपालिकासँग त्यसबारे कुनै योजना छैन ।
ऋण गरेर खेती गरेका किसानलाई महगो औषधी किन्न पैसा छैन तर कञ्चनरुप नगरपालिकाले एक नम्बर प्राथमिकतामा कृषिलाई राखेपनि रोग नियन्त्रणबारे कुनै योजना छैन ।
“शिक्षा स्वास्थ्य पूर्वाधार कृषि प¥यटन र रोजगार स्वच्छ हाराभारा सुन्दर सवृद्ध कञ्चनरुप नगर” यो कञ्चनरुप नगरपालिकाको नारा हो । नारा र भाषामा कृषि क्षेत्रलाई प्राथमिकता दिएको नगरपालिकासँग ग्वारो किराको किटनासक औषधी छर्नु पर्ने वारेमा कुनै योजना छैन ।
कञ्चनरुप नगरापलिकाको क्षेत्रभित्र यतिवेला धानवालीमा ग्वारो किराको प्रकोपले गर्दा बाली सुक्न थालेपछि किसानहरु त्राहिमान अवस्थामा छन । पुतली जातको ग्वारो धानको ढाँडनै काट्ने गर्दा सुक्ने गरेको छ । कृषि ज्ञान केन्द्र राजविराजका पीपीओ दिनेश प्रशाद यादवका अनुसार खेतमा प्रयोग गरिने रसायनिक मल डिएपी, यूरीया, पोटाँस लागायतको मलको सहि मात्रा नमिल्दा बालिको जरा नरम र कम्जोर हुदा किराले आक्रमण गर्न थालेको छ । जहाँ मलको मात्रा मिलाएर हालेको छ, त्यस खेतको धानमा ग्वारोको प्रकोप नरहेको उनले बताए ।
कञ्चनरुप नगरपालिका कृषि शाखाका अनुसार नगर क्षेत्र भित्रको सवै धानवालीमा ग्वारो किराले बालीलाई दुरुतगतीमा नोक्सान पु¥याइरहेको छ । कृषि शाखावाट किसानलाई सहुलियत दरमा किटनाशक औषधि उपलब्ध गराउने अहिले सम्म कुनै किसिमको व्यवस्था भएको छैन । नगरपालिका प्रमुख बसन्त कुमार मिश्रालाई पटक–पटक जानकारी गराउदा पनि औषधि उपलब्ध गराएको छैन । कृषि शाखामा आउने किसानलाई बजारबाट महंगोमा औषधि किन्नु पर्ने बाध्यता छ, भने अधिकांश किसान लकडाउनको कारणले आर्थिक पिडामा छन । जस्ले गर्दा किसान किटनासक औषधि नियन्त्रण गर्ने कार्बोथेरामिन सातामा २–३ पटक छर्नको लागि सुझाव कृषि शाखा प्रमुख बेचन सढोक यादवले जानकारी गराए ।
नगरप्रमुख बसन्त कुमार मिश्राले भने, ‘किसानहरुलाई कृषि शाखामा सम्पर्क गर्नु प¥यो । नगरवाट किटनासक औषधि अहिले उपलब्ध छैन, किसानलाई आफै खरिद गरि छर्नु पर्छ ।’ उनले भने नगरपालिकाको कार्यपालिका बैठक बसेपछि यो विषयमा छलफल हुन्छ । तर कार्यपालिकाको बैठक कहिले बस्छ त्यो तय भएको छैन ।
प्रतिक्रिया