रौतहट,भदौं ८ गते । रौतहटका गरुडा नगरपालिका–८ बसविटी जिगडियाका निरन्जन रामको हत्या घटनामा प्रहरीले मुख्य आरोपीलाई बचाउन खोजेको भन्दै दलितहरुले आन्दोलनको घोषणा गरेका छन् । घोषित कार्यक्रम अन्तर्गत सोमबार गरुडामा दलितहरुले संयुक्त रुपमा प्रर्दशन गरेका छन् । गरुडा नपा जिगडियाका निरन्जन रामको गत साउन ३१ गते राति धारिलो हथियारले घाँटी रेटी हत्या गरिएको थियो । निरन्जन हत्या कान्डको मुख्य दोषीलाइ प्रहरीले कारवाही नगरेको आरोप लगाउदै रौतहटको गरुडामा दलितहरुले प्रदशर्न गरेका हुन् । ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक ज्ञान कुमार महतोले घटनाको मुख्य योजनाकार सच फलफुल नर्सरीका संचालक राजाराम साह बानिया सहितको समुह लाई जोगाउन खोजेको आरोप दलितहरुले लगाएका छन् । ईलाका प्रहरी कार्यालय गरुडाले घटनामा संलग्न रहेको आरोपमा ६जना माथि कर्तब्य ज्यानको मुद्दा चलाएको छ तर पीडित परिबारले भने बास्तबिक पीडकलाई पक्राउ गर्नुको बदलामा निर्दोष ब्यक्तिलाई समेत हत्यामा संलग्न रहेको देखाउन खोजेको आरोप लगाएका छन् । नीरञ्जन राम हत्याकाण्ड जिल्ला संघर्ष समिति रौतहटका संयोजक सोनेलाल रामका अनुसार घोषित कार्यक्रम अनुसार भदौं ७ गते आईतबार पत्रकार सम्मेलन,८ गते शान्तिपूर्ण जुलुस प्रर्दश्न गरुडा,९ गते पोष्टर पम्पलेट र धर्ना गरुडा,१० गते अन्तर जिल्ला संयुक्त जनप्रर्दशन सबै जिल्लामा,११ गते प्रदेश स्तरीय जुलुश प्रर्दशन,१२ गते मुख्यमन्त्री तथा प्रदेश प्रमुखलाई ध्यानार्षण भेला,१३ गते चन्दपुरदेखी गौरसम्म राजमार्ग रैली गर्नेृ कार्यक्रम तय भएको छ । सोमबारको कार्यक्रममा बहजुज अधिकार परिषद्का हरिनन्द अम्बेडकर,राजाराम पासवान,पूर्व राष्ट्रियसभाका सासंद रामप्रित पासवान लगायतका दलित नेताहरुले दलितमाथि भइरहेको हत्या हिंसाको प्रतिरोध गर्नुपर्ने बताएका थिए । निर्दोषलाई हत्या स्वीकारर्न याताना दिएको आरोप ः प्रहरीले निर्दोष विजय रामलाई बल प्रयोग गरे हत्या स्वीकार गर्न लगाएको आरोप दलित अगुवाहरुको छ । धनुषामा प्रहरिले शंभु सदालाइ हिरासत भित्रै हत्या गरेको आरोप लागेको छ । हजारौं दलितहरुले आंदोलन गरेको घटनानसेलाउंदै गरुडाका निर्दोष विजय रामले जबर्दस्ती अपराध स्वीकार गर्न नमानेकोमा प्रहरीको चरम यातनाको कारण वीरगंजको नेशनल मेडिकल कलेजको आइसियुमा उपचार भै रहेको छ । विजयरामलाई आफन्त, अभियन्ता, पत्रकार कसैलाइ भेटघाट गर्न दिएको छैन । निरंजन रामको हत्याको मुख्य अपराधीहरुलाइ बचाउन प्रहरिले विजय रामलाइ जबरदस्ती अपराध कबुल गराउन को लागि प्रहरि हिरासतमै दिएको यातनाको कारण उनलाइ अहिले अस्पताल भर्ना गरिएको छ । प्रहरीले बालिकालाई झुठो बयान दिन दबाव दिएको आरोप आईतबार सर्घष समितिले गरेको पत्रकार सम्मेलनमा घाँटी रेटेर हत्या गरिएको युवकको सम्बन्ध एक नबालिका संग रहेको झुठो अनुसन्धान गरि गरुडा प्रहरीले नवालिकाको चरित्र हत्या गर्ने तथा मृतक निरन्जन रामको हत्यारा लाई बचाउने कुकृत्यमा लागेको गम्भीर आरोप लगाइएको छ। चन्द्रपुरमा आईतबार पत्रकार सम्मेलनको आयोजना गरि गरुडा नगरपालिका–८ बसविटी जिगडियाको ११ बर्षिय नबालिकालाई ईलाका प्रहरी कार्यालय गरुडाले पाँच घण्टा सम्म हिरासतमा राखेर जवरजस्ती वयान दिन लगाइ चरित्र हत्या गरेको आरोप नीरञ्जन राम हत्याकाण्ड जिल्ला संघर्ष समिति रौतहटले लगाएको हो । गत साउन ३१ गते गरुडा नगरपालिका–८ जिगडियामा रहेको सच फलफुल नर्सरीमा कार्यरत २० बर्षिय निरञ्जन रामको घाँटी रेटेर हत्या गरिएपछि प्रहरीले हत्यामा संलग्न लाई पक्राउ गर्ने क्रममा ११ बर्षिया नाबालिकालाई पनि पक्राउ गरी मृतक संग अनैतिक सम्बन्ध रहेको झुठो बयान दिन अनाबश्यक रुपमा डिएसपी ३ज्ञानकुमार)महतो समेतको प्रहरीहरुले दबाब दिएको कुरा नाबालिकाले आईतबार चन्द्रपुरमा भएको पत्रकार सम्मेलनमा बताएकी छिन । नवालिकाको अनुसार एक जना महिला प्रहरी सहित पाँच जना पुरुष प्रहरीले अश्लिल शब्द प्रयोग गर्दै आफु माथि बिभिन्न लान्छाना लगाउदै हत्या गरिएका राम र नीज नाबालिका संग अनैतिक सम्बन्ध रहेको हुँदा सोही कारण ती नबालिकाको दाजु शेख आजादले हत्या गरेको देखाउन खोजिएको उनले भनिन । तिमिले यस्तो कुरा भन्यौ भने तिम्रो दाइ शेख पनि छुट्ने भन्दै जबर्जस्ति आरोप लागाउन दवाब दिएको कुरा नाबालिकाले स्वयम् बताइन। नीरञ्जन राम हत्याकाण्ड जिल्ला संघर्ष समिति रौतहटका संयोजक सोनेलाल रामले पत्रकार सम्मेलनमा उपलब्ध गराएको बिज्ञप्तीमा ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक ज्ञानकुमार महतोले आर्थीक लेनदेनमा परेर घटनाको मुख्य योजनाकार सच फलफुल नर्सरीका संचालक राजाराम साह बानिया सहितको समुहलाई जोगाउन नवालिकालाई फसाइरहेको कुरा उल्लेख गरिएको छ । ईलाका प्रहरी कार्यालय गरुडाले घटनामा संलग्न रहेको आरोपमा ७ जना माथि ज्यान सम्बन्धी कुसुरको मुद्दा चलाएको छ तर पीडित परिबारले भने बास्तबिक पीडकलाई पक्राउ गर्नुको बदलामा निर्दोष ब्यक्तिलाई हत्यामा संलग्न रहेको देखाउन खोजेको आरोप लगाएका छन । संघर्ष समिति रौतहट द्धारा आयोजित पत्रकार सम्मेलनमा स्थानीय निर्बाचनमा नेकपा एमालेका तर्फ बाट गरुडा नगरपालिकामा मेयर पदका उम्मेदबार शेष करिमुल्लाहले हत्यामा संलग्नलाई पक्राउ गर्ने बहानामा गरुडा नगरपालिका–८ जिगडिया बस्तिलाई प्रहरीले आतंकित पारेको र निर्दोषहरु लाई समेत समातेको गम्भीर आरोप लगाए । घटनामा ती नाबालिकाको दाजु शेष आजादको संलग्नता रहन सक्ला तर उनको नबालिका बहिनी माथि प्रहरीले चरित्र संग जोडेर अनावश्यक प्रश्न सोधी मानसिक तनाब दिएको गुनासो उनले गरे । घटनाको अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक महतोले मोबाईलमा खिचेको भिडियो पीडित र संघर्ष समितिलाई देखाउदा बास्तबिक दोषि पक्राउ पर्नेमा बिश्वास लिएका थियौ तर आर्थीक प्रलोभनमा उनले त्यस बिपरित घटनाको अनुसन्धान थालेको नेता करिमुल्लाहले बताए । पत्रकार सम्मेलन मार्फत युवक रामको हत्याको छानबिन गर्न संघिय सरकार संग माग गरिएको छ । भिडियोमा शेष आजादले भनेको बिपरित प्रहरीले निर्दोष लाई मुद्दा चलाएकोमा सोको समेत छानबिन हुनु पर्ने माग उनीहरुले गरे । पत्रकार सम्मेलनमा हत्या गरिएका युवक रामको बुवा नन्दलाल राम, आमा सहित दलित अधिकारकर्मीको सहभागिता रहेको थियो । संघर्ष समितिका संयोजक सोनेलाल राम द्वारा हस्ताक्षरित विज्ञप्तिमा विभिन्न आन्दोलनका कार्यक्रमहरुको घोषणा समेत गरिएको छ।
प्रतिक्रिया