किशोर पासवान
कञ्चनपुर,भदौं ९ गते । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ११ले बुधबार देखि दोश्रो चरणको राहत वितरण गर्ने भएको छ ।
मंगलवार वडा कार्यालयमा बसेको बैठकले दोस्रो चरणको राहत वितरण गर्ने निर्णय गरेको छ । दोश्रो चरणको राहत वितरणको लागि वडा सदस्यहरु तथा वडा सचिवबाट ९ सय १६ घरधुरी लाभग्राहीको नामावली छनौट गरेको वाडाध्यक्ष मो. जिब्रिलले बताए ।
वडा अध्यक्ष जिब्रिलका अनुसार प्रति परिबार १५ के.जि. को दरले चामल वितरण गर्ने बताए । कन्चनरुप नपाबाट दोश्रो चरणको राहतकोलागि ६ लाख रकम आएको बताइएको छ ।
कञ्चनरुप नगरपालिकामा वडा नं. ११ बाहेक सवै वडाले राहत वितरण गरिसकेका छन । अवलोकित दैनिकले निरन्तर सामाचार प्रकाशित गरेपछि वडा नं. ११ ले राहत वितरण शुरु गर्ने तयारी गरेको हो । उक्त पहिलो चरणको राहत समेत पूर्णरुपमा वितरण गरेको छैन ।
प्रतिक्रिया