समाचार प्रभाव : कञ्चनरुप नपाद्धारा ग्वारो किराबाट बाली जोगाउन बाली उपचार शिविर आयोजना

  • भाद्र १0, २0७७
  • 0
...

राजकुमार साह
कञ्चनपुर,भदौं १० गते ।
कञ्चनरुप नगरपालिकाले बुधबार ग्वारो किराबाट पिडित किसानहरुका समस्या बुझन बाली उपचार शिविर आयोजना गरेको छ । अवलोकित दैनिकले दुई दिनअघि ग्वारो किराबाट किसान पिडीत भएपनि नगरपालिकाले कुनै चासो नदिएको समाचार प्रकाशित गरेको थियो ।

समाचार प्रकाशित भएपछि नगरपालिकाका प्रमुख वसन्तकुमार मिश्रले कृषि शाखालाई तत्काल त्यसबारे चासो लिन निर्देशन दिएका थिए । कृषि शाखाले कृषि ज्ञान केन्द्र राजविराज सप्तरीले एक दिने बाली उपचार शिविर आयोजना गरेको छ । उक्त शिविरमा कञ्चनरुप नगरक्षेत्र भित्रका किसानहरुको बाक्लो उपस्थिति रहेको थियो । नगरपालिकाले वडा कार्यलय मार्फत किसानहरुलाई शिविरमा आउन सूचना गरेको थियो । अधिकाश किसान किरा मार्ने औषधी पाउने आशमा कार्यक्रममा आएका थिए तर खाली हात निराश भएर फर्किएका छन् ।

किसानका अनुसार कृषि शाखाले बताए अनुसारको किटनासक औषधी मंहगो दरमा खरिद गर्नु पर्छ । भए जतिको पैसा उक्त औषधिमानै खर्च भइसक्यो । आर्को तिर किसानहरुलाई मल पाइरहेको छैन । यी सवका वावजुद शिविरका प्रमुख यादवले बताए अनुसारको औषधि खरिद गर्न आर्थिक समस्याले गर्दा धानवाली गवारो प्रकोपबाट कसरी बचाउने त्यको चिन्ता भइरहेको किसान बहुरी मण्डलले बताए । 

कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्त कुमार मिश्रले बिहिबार कार्यपालिकाको बैठक बोलाएको र सो बैठकमा किसानका समस्या लगायत ग्वारो किरावाट धानवाली नोक्सान नहुनदिनको लागि नगरपालिकाले किटनासक औषधि खरिद गरि कृषि शाखा मार्फत औषधिमा केही प्रतिशत छुट गरि किसानलाई उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । उपस्थितिमा कोभिड–१९ को माहामारिको बेला समाजिकदुरी पालना नगरि कार्यक्रम गरेको छ । किसानहरुले धानवाली सुकेको किराले बिगारेको सहित धानको बिट लिएर शिविरमा उपस्थित भएका थिए । आयोजक कृषि ज्ञान केन्द्र राजविराजको पिपिओ दिनेश प्रशाद यादवले खेतमा प्रयोग गरिने रासायनिक मल डिएपी युरीया पोटाँस लगायतको मलको सही मात्रा नमिल्दा बालीको जारा नरम र कम्जोर हुदा किराले आक्रमण गर्न थालेको छ । जहा मलको मात्रा मिलाएर हालेको छ, त्यस खेतको धानमा ग्वारोको प्रकोप नरहेको छ । 

पिपिओ दिनेश प्रशाद यादवका अनुसार गवारो किराको प्रकोपवाट बच्नको लागि हरेक वर्ष धानकाटीसकेपछि रहेको सम्पूर्ण ठुटा निकालि जलाइ दिने अथवा बुटा डुवने गरी पानी पटाई दिने वा धान काटदा जिमिनको सतह छुनेगरि काटने, बेर्ना पातको टुप्पोमा देखिएका फुलहरुलाई पातको टुप्पो चुडेर नष्ट गर्ने, गवारोको धेरै प्रकोप भएको खेतमा रसायनिक विषदि कार्बोफ्यूरान (फ्यूराडन) ३ प्रतिशत, गेडा वा कार्टोप हाइड्रोक्लोराइड (किटाप) ४ प्रतिशत, गेडा विषादि २५ केजी प्रति हेक्टरका दरले प्रयोग गर्ने, यी विषादि प्रयोग गर्दा खेतमा ५–८ सेमी पानी पाँच दिन सम्म कायम राखनु पर्छ ।

प्रतिक्रिया