घर बाहिर ननिस्कन सम्झाएपछि किशोरले गरे आत्महत्या

  • भाद्र १0, २0७७
  • 0
...

कञ्चनपुर, १० भदौ । कोरोना महामारी फैलिएको बेला घर बाहिर नजान भनि अभिभावकले सम्झाउँदा सप्तरीमा एक किशोरले आवेशमा आई आत्महत्या गरेका छन् । राजविराज नगरपालिका ४ निवासी अरबिन्द साहका १४ वर्षिय छोरा कमलेशले घरको छानामा डोरीको पासो लगाई मंगलबार मध्यराती आत्महत्या गरेका हुन् । 

साथीभाईसँग निषेधाज्ञाको समयमा पनि घुम्न निस्किने बानी परेका उनलाई मंगलबार अभिभावकले त्यसो नगर्न सम्झाएका थिए । घरका मानिस सुतिसकेपछि बाहिर निस्केका उनले आङ्गनको छेउमा घरको बलोमा झुण्डिएपछि बुधबार बिहान मृत अवस्थामा फेला परेका थिए । घटना बारे प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालयबाट आएको टोलीले अनुसन्धान सुरु गरेको छ । प्रहरी टोलीले मुचुल्का उठाई कमलेशको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल पु¥याई आवश्यक अनुसन्धान गरिरहेको डिएसपी तिलक भारतीले बताए । 

घटनाको प्रकृति हेर्दा आत्महत्या नै गरेको देखिएको छ, उनले भने । स्थायिन म्याक्सल बोर्डिङ्ग स्कुलमा कक्षा ७ मा अध्ययनरत ती किशोरले अभिभावकले कोरोनाबाट जोगाउन बाहिर नजान दिएको राम्रो सल्लालाई पनि मनन् गर्न नसकि गरेको आत्महत्याप्रति छरछिमेकका मानिसले समेत आश्चर्य र अफशोच मानेका छन् । 

प्रतिक्रिया