बिष्णुपुर, १० भदौ । विष्णुपुर गाउँपालिकाका तत्कालिन समाजवादी पार्टीका बुथ सभापति देवराम यादव नेपाली काँग्रेसमा प्रवेश गरेका छन । बुधबार विष्णुपुर गाउँपालिकामा आयोजित एक कार्यक्रममा काँग्रेस सप्तरीका सभापति दिनेश कुमार यादवले अबिर र माला लगाएर उनलाई स्वागत गरे ।
सो अवसरमा सभापति यादवले मेधशको हीत गर्ने बास्तविक पार्टी काँग्रेस नै भएको दाबी गर्दै अन्य दलमा लागेकाहरलाई पनि काँग्रेसमा आउन आग्रह गरे । नवप्रवेशी यादवले रापजा र समाजवादी बीच एकता भएपनि भावनात्मक एंव व्यबहारिक एकता नभएकाले सो पार्टी परित्याग गरेको बताए । उनी तत्कालिन समाजवादी पार्टीका तर्फबाट विष्णुपुर गाउँपालिका ६ का बुथ सभापतिको जिम्मेवारीमा थिए ।
सो अवसरमा विष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादव तथा काँग्रेसका स्थानिय नेता परमानन्द यादव, बिरेन्द्र ठाकुर, पवन यादव लगायतको पनि उपस्थिति रहेको थियो । यता बुधबारै नेपाली काँग्रेस सप्तरीले एक शोक विज्ञप्ति जारि हालै निधन भएका काँग्रेसका क्षेत्रिय प्रतिनिधि मुरारी प्रसाद उपाध्याय र शिक्षक संघका पूर्व सदस्य सूर्यनारायण यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति सम्वेदना प्रकट गरेको छ ।
उपाध्यायको कोरोनाका कारण तथा यादवको ह्दयघात भई केही दिनअघि निधन भएको थियो । जिल्ला कार्यसमितिका प्रवक्ता प्रभात कुमार ललनद्वारा जारि विज्ञप्तिमा काँग्रेसका दुई निष्ठावान व्यक्तिको असमायिक निधनले पार्टीलाई अपूर्णीय क्षति भएको उल्लेख गरिएको छ ।
प्रतिक्रिया