नेपाल राष्ट्रिय दलित समाज कल्याण संघद्धारा महोत्तरीमा एक सय परिवारलाई राहत

  • भाद्र १0, २0७७
  • 0
...

महोत्तरी,भदौं १० गते । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ महोत्तरीले महोत्तरीको दुई गाउँपालिकाका तीन वडामा एक सय परिवार दलितलाई बुधबार राहत वितरण गरेको छ । महोत्तरी गाउँपालिका वार्ड नं ६ र एकडारा गाउँपालिका वार्ड नं ५ र ६ मा लकडाउनका कारण भोक भोकै वस्न वाध्य दलित समुदायका एक सय परिवारलाई राहत वितरण गरेको हो ।

राहत वितरण कार्यक्रमको उद्घघाटन संघका महोत्तरी जिल्ला अध्यक्ष विक्रम पासवान,एकडारा गाउँपालिकाका अध्यक्ष रामछबिला साह र एकडारा गापा वार्ड नं ६ का वडा अध्यक्ष सुमन्त रायले संयुक्त रुपमा गरेका थिए । संघका महोत्तरी जिल्ला अध्यक्ष विक्रम पासवानका अनुसार राहतमा ३० केजी चामल, ३ केजी दाल, २ लिटर खाने तेल, २ किलोग्राम चिनी, २ केजी नुन, ४ वटा नुहाउने साबुन सहित गर्भवती महिलाको लागि थप १ केजी चना १ केजी भटमास र १ केजी  केराउ  वितरण गरिएको बताए । भोली विहान  ८ः३० देखि थप एक सय घर परिवारलाई राहत वितरण गरिने अध्यक्ष पासवानले बताए ।

राहत वितरणले गरिब जनतालाई सहयोग पुगेको भन्दै एकडारा गाउँपालिकाका अध्यक्ष रामछबिला साहले सहयोगी संस्थालाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया