कञ्चनपुर,भदौं ११ गते । राष्ट्रिय सभाका सांसद शेखर सिंहले महुली नदी नियंत्रण तथा खेतीपातीको लागी सिंचाइ पूर्ण ब्यबस्था मिलाउने माथिलो सदन मार्फत पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बिहीबार तिरहुत गाउँपालिकामा जनता समाजबादी पार्टी नेपालका अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सांसद सिंहले नदीले पु¥याएको क्षतिबारे स्थलगत अवलोकन गरेका थिए ।
तिरहुत गाउँपालिकाको प्रागङ्गणमा आयोजित कार्यक्रममा तिरहुत गापा प्रमुख मनोज बहड़खेरले गाउँपालिकाले गरेको काम र महुली नदीले किसान र सर्वसाधरण जनतालाई पारेको प्रभावको विषयमा सांसद सिंहलाई अवगत गराएका थिए ।
कार्यक्रममा पुर्व सांसद सूर्यनाथ यादब,जनता समाजवादी पार्टी सप्तरी जिल्ला अध्यक्ष केदार प्रसाद यादव, तिलाठी गाउँपालिका प्रमूख सतिश सिँह,तिरहुत गापा वडा ४ का अध्यक्ष मनोज यादब लगायत दर्जनौ अगुवा कार्यकर्ताहरु सहभागिता रहेको थियो । निरीक्षणको क्रममा दलित संघका अध्यक्ष श्याम सरदार,जसजाका क्षेत्रिय अध्यक्ष माधव चौधरी,यूवा नेता अनोज यादब,कल्पना चौधरी,रामेश्वर यादब लगायतका सहभागिता रहेको थियो ।
प्रतिक्रिया