राजकुमार साह कञ्चनपुर,भदौं १२ गते । सप्तरीको कञ्चनरुप नगरपालिका –६ का एक जना ३६ बर्षको व्यक्ति कोरोनो संक्रमित भएको पुष्टि भएको छ । योसँगै नगरपालिकामा अहिलेसम्म १२ जना सक्रमित भएको छ ।
जस्मा ९जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने ३ जना उपचार भइरहेका छन् । वडा नम्बर ६का सक्रमित घरमै रहेकोले स्थानिय बासिहरु त्रसित छ । एक हप्ता अघि देखि रुघाखोकी ,ज्वरो लागेपछि प्राथमिक उपचार केन्द्र कन्चनपुरमा चेकजाँच गराउन जादा डाक्टरले कोरोनाको लक्षण देखेपछि स्वाव संकन गरि जाँचका लागि बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाएको थियो । स्वावको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
सक्रमित व्यक्तिलाई होम आइसोलेसनमा राख्ने कि अर्को कुनै व्यवस्था गर्ने भन्ने बारे नपामा बैठक बसेर निर्णय हुने नपाका स्वास्थ शाखा सह संयोजक डम्बर गुप्ताले बताए ।
प्रतिक्रिया