कञ्चनरुप १०मा कोरोना जस्तै लक्ष्ण भएका बिरामीको मृत्यु,स्वाव संकलन गरि जाँचका लागि पठाइयो

  • भाद्र १५, २0७७
  • 0
...

राजकुमार साह
कञ्चनपुर,भदौं १५ गते ।
कञ्चनरुप नगरपालिका–१०मा कोरोनाको लक्ष्णसँग मिल्दो  लक्षणबाट एक ब्यक्तिको मृत्यु भएको छ । कोरोनाको लक्ष्ण भएको गुण संग मिल्दो–जुल्दो भएपछि मृतकको स्वाव लिइ जाँचको लागि गजेन्द्र नारायण सिंह अञ्चल असपताल पठाएको कञ्चनरुप नपाको स्वास्थ्य शाखाले जनाएको छ । 

कञ्चनरुप नपा वडा १० का २८ बर्र्षीय उक्त व्यक्तिको आईतवार राती मृत्यु भएको हो । उक्त व्यक्तिलाई एक हप्तादेखी ज्वरो आईरहेको थियो । ज्वरोको औषधी पनि लिइरहेको थियो । आईतवार अक्समात स्वासलिन अप्ठेरो भएपछि कञ्चनपुरको प्राथमीक स्वास्थ्य केन्द्रमा लगिएको थियो ।

स्वास्थ्य केन्द्रले वाहिर लिएर जाने सल्लाह दिएपछि  उक्त व्यक्तिलाई लिएर गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल राजविराज लगिएको थियो । राजविराजमा अस्पतालमा आइसियू वेड खालि नभएको हुनाले धरान लैजाने क्रममा बाटोमा मृत्यु भएको छ । उक्त व्यक्तिको मृत्युबारे थाहा पाएपछि सोमबार कञ्चनपुरका प्राथमिक स्वास्थ्य केन्द्रको र इलाका प्रहरी कार्यालय कञ्चनपुर प्रहरी सहितको टोली उक्त व्यक्तिको घरमा पुगेर मृत्यकको वारेमा जनकारी लिएका छन् ।

कोरोनासँग लक्ष्ण मिल्दो जुल्दो भएकोले स्वावको रिर्पोट आएपछि मात्रै दाह संस्कार गरिने बताइएको छ । अहिले छरछिमेकीहरु समेत मृतकको घरमा गएको छैन ।

प्रतिक्रिया