कञ्चनपुर, भदौं १५ गते । गैर दलितबाट कुटिएर औषधी उपचार गर्ने क्रममा अस्पतालमा बन्धक मुसहर दम्पतीमध्ये एकको अवस्था गम्भिर भएको छ । पानीको निकासको विषयमा बिबाद हुदाँ गत साउन ५ गते सप्तरीको अग्निसाईर कृष्णसवरण गाउँपालिका ६, महुलीका दिना साहको पुरै परिवार मिलेर शिवचन्द्र सदा (भुटाइ) र उनको पतनी मलिया देवी सदालाई निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट सख्त घाईते भएका सदा दम्पतीको विराटनगर स्थित गोल्डेन अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । तर औषधी उपचार वापतको एक लाख ६० हजारभन्दा बढी रकम तिर्न नसक्दा सदा दम्पती अस्पतालमा बन्धक भएर बसेका छन् ।
कुटपिट गर्ने दिना साहको मान्छे आएर आषधी उपचार गर्न बन्द गराई दिए,पैसा पनि तिरेन । विराटनगर स्गिथ गोल्डेन अस्पतालमा बन्धक रहेकी शिवचन्द्र सदाकी पत्नी मलियादेवी सदाले भनिन्,‘ अस्पतालमा सँगै रहेका विरामीका आफन्तले उबरेको खाना दिएको दिन हामी खान्छौं । नभए भोकै बस्छौं ।’ बाँसको फट्टाले कुटिएका पती शिवचन्दको दाहिने हाट उठ्दैनन्,अस्पतालले उपचार पनि गर्दैनन्,हामी अस्पतालमै मर्ने बेला भइसक्यो ।’ मलियादेवी सदाले भनिन्, नेताहरुले अस्पतालबाट छोडाउने कुरा भइरहेको अश्वसान दिइरहको छ, तर अहिलेसम्म हामी बन्धक छौं ।’ मलिया सदाले अवलोकित दैनिकका प्रतिनिधिसँग टेलिफोनमारुदै भनिन्, ‘रोगले भन्दा पनि शोकले मर्ने अवस्थामा हामी पुगिसक्यौं,जसरी पनि हामीलाई मुक्त गराउन पहल गरिदिनुस् ।’ मलियाका अनुसार सोमबार शिवचन्द्र दिनभर सुतेको छ,आँखाँ खोलेको छैन । उनको दाहिने हात समेत उठदैनन् ।
त्यसो त सदा दम्पतीका आफन्तले न्याय र औषधी उपचार खर्चका गत भदौं ८ गते नै दलित सरोकार मञ्च नेपालको सहयोगमा प्रदेश २का मुख्यमन्त्री र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय जनकपुर,राष्ट्रिक्ष् मानव अधिकार आयोग र जिल्ला प्रशासन कार्यलय सप्तरीमा निवेदन दिएका छन् । तर अहिलेसम्म कुनै सुनवाई भएको छैन । गत भदौं ९ गते प्रदेश १का आन्तरीक मामिला तथा कानून मन्त्री हिक्कमत कुमार कार्कीले सप्तरीका सिडियो,सरकारी वकिल कार्यलयका प्रमुख र इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपीसँग घटनाबारे चासो व्यक्त गरेपछि बन्धक शिवचन्द्र र मलिया मुक्त हुने सम्भावना बढेको थियो । तर त्यो पनि भएन ।
नेपाल राष्ट्रिय मुसहर संघका सल्लाहकार गंगा सदाले प्रदेश सरकारलाई आर्थिक सहयोगका लागि पिडीतले निवेदन दिएपनि कुनै सुनावई नगरेको तर अस्पतालमा बन्धक रहेकै बेला मृत्यु भएमा ५ लाखको चेक लिएर गोहीको आँसु चुहाउन आउने प्रदेश सरकार गम्भिर भएर तत्काल सहयोग गर्नुपर्ने बताए । मन्त्री कार्कीले सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य जिल्ला सरकारी वकील कार्यालय, सप्तरी जिल्ला न्यायधिवक्ता कैलाश दाहालसँग घटनाको विषयमा जानकारी लिएका छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले सरकारी वकिल कार्यलयमै मुद्दा छ,यो विषयमा थप बुझने काम भइरहेको बताए ।
सरकारी वकील कार्यालय, सप्तरी जिल्ला न्यायधिवक्ता कैलाश दाहालले कुटपिटमा संलग्न दिना साहलाई तारिखमा छोडिएको र उनको पत्नीलाई समेत पक्राउ गर्न,औषधी उपचार गराउन र त्यसमा लागेको खर्चको बिलभपाई मिसिलमा पेश गर्न प्रहरीलाई निर्देशन दिएको बताए । ‘ हिजो मात्रै प्रदेश १का प्रदेश १का आन्तरीक मामिला तथा कानून मन्त्री हिक्कमत कुमार कार्की ज्यू घटनाबारे सोधीखोजी गर्नुभएको थियो,मैलै पिडीतलाई न्याय पाउने गरि प्रहरीलाई निर्देशन दिएको छु ।’
घटना यस्तो छ ः अविरल वर्षाको कारण मुसहरको घर आँगनमा पानी जमेपछि त्यसको निकासीको लागि छेउमै रहेको दिना साहको खेतमा पानी बगाउन खोजेपछि विवाद भएको थियो । शिवचन्द्र सदा (भुटाइ)ले आफ्नो झुपडीलाई जोगाउन पानीको मुहान खोलेपछि बिबाद भएको थियो । पानी खोलेपछि दिना साहको पुरै परिवार मिलेर शिवचन्द्र सदा (भुटाइ) र उनको पतनी मलिया देवी सदालाई निर्घात कुटपिट गरेका थिए । घरमा पानी जमेपछि छिमेकी खेतबाला दिना साहको खेतमा निकास बाहेक अरु ठाउँ थिएन । तर, साह परिवारले आफ्नो जमिनमा पानी छिर्न नदिने भएपछि झगडा सुरुभएको थियो ।
कुटपिटबाट घाइते भएको सदा दम्पतीको स्थानीय क्लिनिकमा उपचार पश्चात थप उपचारका लागि विराटनगर स्थित गोल्डेन अस्पतालमा भर्ना भएका थिए । इलाका प्रहरी कार्यालय कञ्चनपुरले दिना साहलाई पक्राउ गरि अभद्र व्यवहारमा मुद्दा चलाएका थिए । तर तीन सातापछि गत साउन ३२ गते कुटपिट गर्ने साह जिल्ला सरकारी वकिलको कार्यलयको आदेशबाट रिहा भएपछि सदा दम्पतीलाई थप पिडा भएको छ । इलका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी नरेशकुमार सिंहले मंगलबार पनि पिडकलाई बोलाएर औषधी उपचार खर्च तिराउन पहल गरिरहेको बताए । उनले भने,‘ कानून अनुसार पिडकले क्षतिपूर्ति तिर्नु पर्छ नभए जेल जानु पर्छ । ’भुटाईका छिमेकी समेत रहेका दलित अगुवा बलराम सदाका अनुसार गत साउन ३२ गतेसम्मै १ लाख ६० हजार भन्दा बढी पैसा तिर्न बाँकी छ ।’
प्रतिक्रिया