नाम जस्तै सहयोगीको काम : मृतक शेयर सदस्य मण्डल परिवारलाई २५ हजार सहयोग

  • भाद्र १५, २0७७
  • 0
...

कञ्चनपुर,भदाैं १५ गते । सहयोगी बचत तथा ऋण सहकारी संस्थाले संस्थाका शेयर सदस्य स्वर्गीय लालजी मण्डलको परिवारलाई सोमबार २५ हजार रुपैया सहयोग गरेको छ । 

  

संस्थाका अध्यक्ष अनोज यादव, उपाध्यक्ष संजय खडगा, व्यवस्थापक विनोद कर्णले संयुक्त रुपमा मण्डलका पत्नीलाई २५ हजार रुपैया प्रदान गरेका थिए । सहयोगी संस्थाका शेयर सदस्यको मृत्यु पश्चात संस्थाले २५ हजार दिने गरेको छ । 

संस्थाका अध्यक्ष अनोज यादवले सहयोगीले शेयर सदस्य जो कोहीलाई पनि दुर्घटना हुँदा, आगलागी र मृत्यु हुदा सहयोग गर्ने निति लिएको बताए । सहयोगी जिल्लामा एक मात्र यस्तो सहकारी हो, जस्ले आफ्नो शेयर सदस्यको दुर्घटना देखी मृत्यु हुदा सम्म सहयोग गर्छ । लालजी मण्डलको गत भदौ ५ गते हृदय घातको कारण मृत्यु भएको थियो । 

 

प्रतिक्रिया