कञ्चनरुप नपको बदगामा हात्तीद्धारा ५ लाखको क्षति

  • भाद्र १६, २0७७
  • 0
...

राजकुमार साह
कञ्चनपुर,भदौं १६ गते ।
कञ्चनरुप नगरपालिका–१० बदगामा सोमबार राति हात्तीले ५ लाख बराबरको क्षति गरेको छ । राति करिब १२ बजे कोशी टप्पुवन्यजन्तु आरक्षबाट आएका ९ओटा हात्तीको समूहले ५ जनाको घर तोडफोड गरी उक्त रकम बराबरको धन–जनको क्षती गरेको पिडीतमध्येका एक संजय कुशैयतले बताए ।

हात्तीले घर समेत तोर फोर गरेको छ । हात्तीको आक्रमणवाट संजय कुशीयैतको एक घर भत्काउनुको साथै घरमा भएका धान,चावल क्षती गरेको पीडित कुशयैतले बताए । त्यसैगरी जय कृष्ण यादवको दुई घर धान,चावल लगाएको क्षती गरेको छ,भने मनोज गुप्ता,सुदमा कुशीयैत को घरमा पनि क्षती पु¥याएका छन् ।

प्रतिक्रिया